मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टि

गुगलपाटी संवाददाता
१५ श्रावण २०७७ १०:१८

मकवानपुरमा एक जना कोरोना संक्रमित थपिएका छन्, । थपिएका संंक्रमित मकवानपुरको बागमती गाउँपालिका(२ माझगाउँका २८ बर्षीय पुरूष हुन।

बुुधबार संक्रमित सहित ३४ जनाको स्वाब संकलन गरि हेटौंडास्थित प्रयोगशालामा पठाइएकोमा उक्त पुरूषमा कोरोना पुष्टि भएको हेटौंडा आइसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईंले बताएका छन्,।

संक्रमित पुरूष साउदी अरबबाट नेपाल आएका थिए । उनलाई कर्रा आईसोलेसन वार्डमा ल्याइएको चौलागाईंले बताएका छन्, ।

तपाईको प्रतिक्रिया