हेटौंडाको प्रदेश प्रहरी कार्यालयमा ८४ लाख लागतको कभडहल निर्माण सुरु

गुगलपाटी संवाददाता
१६ श्रावण २०७७ ०४:३१

बागमती प्रदेश प्रहरी कार्यालयको हेटौंडाको परिसर भित्र कभडहल (बहुउद्देशीय भवन) निर्माण गर्न सुरु गरिएको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्ष बसन्त कुमार लामाले एक कार्यक्रमका वीच कभडहलको शिलान्यास गर्नुभएको छ ।

कभडहल निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्न लागेको छ । प्रदेश प्रहरी भित्र आयोजना गरीने बिभिन्न प्रशिक्षण, कार्यक्रमका साथै बिभिन्न खेलकुद गतिवीधी संचालन गर्न समस्या भएकाले कभडहलको निर्माण गर्न लागिएको हो ।

निकट भविष्यमै प्रहरी समायोजन पश्‍चात यसै कार्यालयबाट प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा कार्य गर्नुपर्ने भएको हुँदा बिभिन्न उद्देश्यले आयोजना गरीने कार्यक्रमका लागि कभर्डहल निर्माण गर्न लागिएको डीआइजी लामाले वताउनुभयो ।

प्रहरीको आन्तरीक गतिविधी प्रशिक्षण, सभा, गोष्ठी लगाएत खेलकुद सम्बन्धी कार्यक्रम संचालन गर्न सहज होस भन्ने उद्देश्यले उक्त कभडहलको निर्माण गर्न लागिएको हो । प्रदेश प्रहरी कार्यालयको आन्तरीक श्रोत तथा अन्य निकायहरुको आर्थिक सहयोगमा निर्माण थालनी गरीएको कभडहलको अनुमानित लागत ८४ लाख रहेको छ ।