बागमती प्रदेशमा कोरोना संक्रमण १ हजार ६६ पुग्यो
गुगलपाटी संवाददाताबागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १ हजार ६६ पुगेको छ ।
बिहिबार प्रदेशको ८ जिल्लाको ५४ जनामा संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या १ हजार ६६ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालय ले जनाएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा काठमाण्डौका ४१ जना,ललितपुरका २ जना,भक्तपुरका २ जना,नुवाकोटका २ जना, धादिङका ४ जना,चितवनका १ जना,मकवानपुरका १ जना,दोलखाका १ जना गरि ५४ जना रहेका छन् ।
यसैगरि प्रदेशमा हालसम्म कोरोना भाइरसको कारण १० जनाको मृत्यु भएको छ भने ५ सय २४ संक्रमित उपचार पछि निको भएका छन् ।