बागमती प्रदेशमा कोरोना संक्रमित संख्या ११ हजार बढी
गुगलपाटी संवाददाताबागमती प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ११ हजार नाघेको छ । शुक्रवार प्रदेशको विभिन्न जिल्लामा ४० जना थपिएसँगै संक्रमितको संख्या ११ हजार ६ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको प्रवक्ता ९कोभिड–१९० डा। पुरुषोत्तम राज सेढाईका अनुसार, शुक्रवार प्रदेशको काठमाडौंका ३२ जना, ललितपुरका ५, भक्तपुरका १ र नुवाकोटमा २ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेशमा कूल कोरोना संक्रमितमध्ये ५२६ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् भने १० जनाको दुःखद् निधन भएको प्रवक्ता डा। सेढाईले जानकारी दिए ।
प्रदेशमा हालसम्म ११ हजार २४१ वटा क्वारेन्टाइन बेर्ड व्यवस्थापनमा ९५८ जना बस्दै आएको र १ हजार ६२४ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् ।
त्यस्तै, प्रदेशमा १ हजार ३२४ वटा आइसोलेशन बेर्ड तयारी अवस्थामा रहेकोेमा हाल ३२४ जना बस्दै आएका छन् ।
मन्त्रालयका अनुसार, कोरोना संक्रमणको आशंकामा प्रदेशका ३७ हजार १८ जनाको आरडीटी र ३३ हजार ५७७ जनाको पीसीआरविधिबाट परीक्षण भएकोे छ ।