पतन्जली युवा समितिद्वारा प्रवचन

गुगलपाटी संवाददाता
१७ श्रावण २०७७ १५:४१

हेटौंडा साउन १७ । पतन्जली योग युवा समिति मकवानपुरले आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजको शुभ जन्मोत्सव एवं जडिबुटी दिवसको पुर्वसन्ध्यामा प्राकृतिक चिकित्सा तथा आहारबिहारको बिषयमा प्रवचन कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न गरेको छ । पुनर्नवा प्राकृतिक चिकित्सालयका निर्देशक डा। दिपक पौडेलले मानव जीवनलाई स्वस्थ र निरोगी राख्न खानपान र आहार बिहारको ठूलो महत्व हुने हुनाले स्वस्थ खानपान र आहार बिहारको बारेमा प्रवचन दिनुभएको थियोे । कफ ,बात र पितको सन्तुलन मिलाईराख्न खानाको मात्रा समय र प्रयोगमा ध्यान दिनुपर्ने यसको साथ साथै योग ध्यान प्राणायम पनि अत्यन्तै महत्वपूर्ण हुने बिचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजन थापा पतन्जली बागमती प्रदेश सहप्रभारी कविता थपलिया पतन्जली मकवानपुर अध्यक्ष राम कृष्ण थापा योग गुरु रामसेवक मण्डल किरण चोक टोल बिकास संस्थाका अध्यक्ष नारायण सिं थिङ लगायतकाले शुभकामना कामना मन्तव्य राख्नु भएको थियो । योग शिक्षक ओम सापकोटाले योगकला साधुराम राउतले जडिबुटी सम्बन्धि लोक गीत र पतन्जली मकवानपुर महिला उपाध्यक्ष शसिकला थापाले भक्तीभाव सहितको लोक भजन प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनपुर्ण बनाउनु भएको थियोे । कार्यक्रम पतन्जली युवा समितिका प्रभारी राजु अधिकारीको अध्यक्षता र प्रदेश मिडिया प्रभारी युक्त अनुरागीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न योग सेन्टरका योग साधक साधिकाको उल्लेख्य सहभागीता रहेको थियोे ।