काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना
गुगलपाटी संवाददाताकाठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौँमा ४८ जना, भक्तपुर १३ जना र ललितपुरमा एक जना संक्रमित देखिएको बताए ।
काठमाडौं भित्रिने नाकाहरुमा गरिएको पीसीआर परीक्षणका क्रममा ४० जनामा कोरोना देखिएको प्रवक्ता गौतमले बताए । नागढुंगा १६ जना, साँगामा १३, र फर्पिमा ११ गरी काठमाडौं भित्रिन लागेका ४० जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए ।