सुन तोलाको १ लाख २ हजार
गुगलपाटी संवाददाताबिहिबार पनि सुनको मुल्यमा वृद्धि भएको छ । बिहिबार सुनको मुल्य तोलामा ११ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रति तोला एक लाख २ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपालमा सुनको यो मुल्य अहिलेसम्म कै उच्च हो ।
यस अघि बुधबार सुन प्रतितोला एकलाख एक हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै बिहिबार तेजावी सुनको मुल्य प्रति तोला एक लाख २ हजारमा कारोबार भइरहेको छ ।
त्यसैगरी बिहिबार चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार बिहिबार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर १३ सय ४५ मा कारोबार भइरहेको छ ।