मकवानपुरमा मलको अभाव, कृषकहरु चिन्तित

अमृत चिमरिया
२२ श्रावण २०७७ ०८:३१

हेटौंडाःजती बला यहाँ जे आवश्यक पर्छ त्यही नै पाईदैन । कृषि प्रधान देश भनिन्छ तर कहिले बीउ पाईदैन ।
बीउ पाए मल पाईदैन । सधै यस्तै अभाव र समस्या हुने गर्र्छ यहाँ । अहिले धानमा हाल्न मल चाहिएको छ तर त्यस्कै अभाव छ । रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ । यही बेला पाइन छाडेको छ । मकवानपुरका कृषकहरुलाई पिर पर्न थालिसकेका छन् । पटक पटक सहकारीमा मल पाईन्छ की भनेर जाँदा मल नभेटिएको कृषकहरुको गुनासो छ । कृषि सामाग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् । नेपाल मलमा पूर्णतः परनिर्भर छ । भारतबाट सरकारले आयात गर्छ । चाहिएको बेला नल्याइदिने परम्परा यसपालि पनि दोहोरिएको छ ।
मनसुनी वर्षाले साथ दिएकाले यस वर्ष देशैभरि बेलैमा रोपाइँ भयो । करिब ९५ प्रतिशत रोपाई सकिएको सरकारी आँकडाले जनाएको छ । धानमा युरिया मल हाल्न ढिला भइसकेको छ । चाहिएको बेला मल र सिचाइँ भए यो वर्ष धान उत्पादनमा कीर्तिमान बन्ने कृषि मन्त्रालयको दावी छ । तर, त्यसमा सरकारी सक्रियता भरपर्दो देखिँदैन ।
मल उपलब्ध गराइदिन सम्बन्धित जिल्लाका सहकारी संस्थाहरू दैनिक रूपमा कृषि मन्त्रालय धाउन थालेका छन्् । मौसमले साथ दिए पनि मल नहुँदा उत्पादन कम हुनेतर्फ किसान चिन्तित छन् । साल्ट ट्रेनिङ मकवानपुरमा २०७६÷०७७ मा १४ हजार क्वीन्टल युरीया मल र ८ हजार क्वीन्टल डिपिई मल सहकारी मार्फत विक्रि गरेको साल्ट ट्रेनिङ्का प्रमुख सैलेस कुमार पाण्डेले बताए । धान गोड्ने बेला भएपनि मलको अभाव छ उनले भने । कृषि सामग्री सस्थान केन्द्रमा ७० प्रतिशत र साल्ट ट्रेनिङ्मा ३० प्रतिशत मात्रै मल आउने गरेको उनले जानकारी दिए ।
त्यस्तै कृषि सामग्री सस्थान केन्द्रले गत वर्ष २०७६÷०७७ मा ३४ सय १२ मेट्रिक टन मल विक्रि गरेको प्रमुख लक्ष्मण यादवले जानकारी दिए । कृषि सामग्री सस्थानले युरिया मल २ हजार ५५ दशमलव ५ सय टन , डिपिई १२ सय ८५ दशमलव ३ सय , पोटास ७२ दशमलव १ सय टन विक्रि भएको बताए । अहिलेको अवस्थामा लकडाउनको कारणले गर्दा पनि मल नभित्रिएको प्रमुख लक्ष्मण यादवले बताए । २ हजार ५ सय मेट्रिक टन प्रतिवर्ष भित्रिने गरे पनि हाल मलको अवस्था शुन्य रहेको उनले बताए । अहिले युरीया मलको माग भएता पनि मल नभएको उनले जानकारी दिए । उनले भदौको पहिलो हप्ता सम्ममा मल आउने खबर पाएका छौ उनले भने ।
मलको अभाव भए सगंै कृषकहरुलाई बालीनाली उब्जाउ गर्न समस्या उत्पन्न भएको छ । मकवानपुरमा मात्र नभई अन्य ठाँउमा पनि मलको अभाव बढेको छ ।