अशक्त छोराछोरी सडकमा सरकारी सुबिधा अभिभावकको गोजीमा
गुगलपाटी संवाददातानिशा गुरुङ
हेटौंडा÷वृद्धलाई अवहेलना गर्ने र शारीरिक अशक्तता भएका सन्तानलाई सडकमा छाडिदिने प्रवृत्ति बढेको छ । मानिसभित्र मानवता हराउ“दै गएको यस्ता घटनाले देखाउ“छ । सेवाभाव लोप ह“ुदै गएको छ । आफ्नै बाबुआमाले आफ्नो अशक्तता भएका सन्तानलाई सडकमा ल्याएर छाडिदिने गरेका छन् । हेटौंडा–९ स्थित मानवसेवा आश्रममा त्यस्ता अशक्त बालबालिका छन् । सडकमा बेवारिस बालकमात्र नभएर अभिभावकले नै सडकमा छाडिदिएका बालकहरु पनि आश्रित छन् त्यहा“ ।
मानवसेवा आश्रमकी अभियन्ता उमा भण्डारीले आफ्ना सन्तानको अशक्तताको सरकारी कार्ड बनाउने र त्यसबाट आएको पैसा बाबुआमाले खर्च गर्ने तर छोराछोरीलाई छाडिदिने गरेको बताइन् । उनले भनिन्–आश्रमका अभियन्ताले परिवार पत्ता लगाएपछि पुनर्मिलन गराउन खोज्दा पनि परिवारले लैजान मानेका छैनन् । केही अपवादबाहेक अशक्तका अभिभावकको कमजोर पक्ष यो पनि हो । ग्रामीण र अशिक्षित समाजमा भन्दा सहरी र शिक्षित समाजमा यो समस्या बढ्दो छ ।
‘व्यस्त दैनिकी र बालबालिकाले दिने झन्झटबाट मुक्तिका लागि अभिभावक त्यसो गर्न बाध्य भए पनि व्यबहारिक कोणबाट नियाल्दा त्यति उपयुक्त देखि“दैन,’ भण्डारीले भनिन्–सानै उमेरमा बालबालिकालाई सडकमा पु¥याउ“दा अभिभावक र बालबालिकाबीच सम्बन्ध कहिल्यै आत्मीय नहुन सक्छ । उनीहरुले पारिवारिक स्नेहबाट सदाका लागि टाढिनुपर्ने अबस्था आउन सक्छ । ‘नानीदेखि लागेको बानी’ भनेजस्तै सानैदेखि सिकाएको व्यबहार ठूलो हु“दा पनि कायम रहने हुन्छ । सानैदेखि असल र राम्रो बानी÷व्यबहार नसिकाइ“दा उनीहरुमा नकारात्मक प्रभाव पर्ने देखिन्छ । ‘अभिभावकले उनीहरुस“ग सकारात्मक व्यबहार नगर्दा असल व्यबहारले नै असल भविष्यको आधार निर्माण हुने हु“दा अभिभावकले असल व्यबहारस“गै नैतिक शिक्षा पनि प्रदान गर्नुपर्ने भण्डारीले औंल्याइन् । ‘उनीहरुलाई यसरी सडकमा छाड्दा उनीहरुमा एक्लोपन अनुभव गर्ने अबस्था सिर्जना गरिदिन सक्छ,’ भण्डारी भन्छिन्–उनीहरुमा अनाबश्यक र गलत कुराको सोच आउन सक्छ ।