जाहेरी बिना पाँच घण्टा हाजीरी

अमृत चिमरिया हेटौंडा
३ भाद्र २०७७ ०४:०५

जिल्ला प्रहरी कार्यालय मकवानपुरले जाहेरी र उजुरी बिना नै एक व्यक्तीलाई दैनिक हाजिरी तोकेको छ । नेपाल कम्युनिष्ट पार्टि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का सचिब सन्तोष न्यौपानेलाई लिखित उजुरी बिना नै दैनिक ५ घण्टा कार्यालयमा बस्नुपर्ने भन्दै हाजिरी तोकेको छ ।
जिल्लामा ढुङ्गा गिटि, बालुवामा भैरहेको आर्थिक धन्दाको बिषयमा स्टाटस लेखिएको बिषयलाई लिएर जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रधुनाथ खुलाल संयोजक रहेको अनुगमन समितीको बैठकमा चर्चा चलेसँगै उनलाई प्रहरीले बोलाएर बिना उजुरी हाजिरी थमाएको बताइएको छ । स्टाटस लेखेपछि न्यौपाने ३ दिन देखि दैनिक हाजीरमा रहेका छन् । जाहेर र उजुरी बिना प्रहरीले दैनिक हाजीरी तोकेपनि घटना मिलाउनका लागि समन्य समितिका प्रमुखलाई भेट्न भनेको उनले बताए । प्रहरीलाई उद्रित गर्दै उनले भने उनले समन्वय समितिका प्रमुख खुलालले मौखिक रुपमा भनेको भरमा प्रहरीले आफुलाई दुख दिएको बताए ।
घटना बारे जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले पुर्वाग्रह साधेर स्टटाटस् लेखिएको बताए । त्यसको बारे अनुगमन समितिको बैठकमा कुरा गरेको हुँ, बिना तथ्य र आधार लेखिएको छ, उनले भने । ‘उजुरी ठुलो कुरा होइन दिनुपरे दिन्छु’ उनले भने । मकवानपुका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले समन्वय प्रमुखले सामाजिक सञ्जालमा आएको बिषयमा कुरा गरेपछि आफुले प्रहरी प्रमुखलाई भनेको भएपनि कारवाहि बारे  जानकारी  नभएको बताए । दैनिक हाजिरी बारे मकवानपुरका प्रहरी नायब उपरिक्षक इनद्रबहादुर रानाले सामाजिक सञ्जालमा लेखिएको बिषय भएकाले अनुसान्धानको क्रममा रहेको बताए । ‘हामि अनुसन्धान गर्दैछौं, त्यसैले दैनिक हाजिरीमा राखेको हौै’ उनले भने । पिडित न्यौपाने मकवानपुरका पुराना पत्रकार समेत हुन् ।