कोरोना लाग्दा खेरिको अनुभव

गुगलपाटी संवाददाता
१६ भाद्र २०७७ ०५:४२

कुमारी स्याङ्बो
हेटौंडाः नमस्कार, म कोरोना भाइरस (कोभिड १९) संक्रमित कुमारी स्याङ्बो । कोरोना भाइरसको संक्रमण लगत्तै मलाई साउन ३१ गते आइसोलेसन वार्डमा लगेका थिए । धेरै दिनको बसाई पछि भदौ १५ गते कोरोनालाई जितेर आफनो घरमा फर्के ।
कोरोना भाइरसको डर त्रासमा परिहरनु भएका सम्पुर्ण साथीहरुलाई धैर्य धारणा गर्न र आत्मबल बलियो बनाएर रोगको बिरुद्ध लड्न सबै सबैमा हार्दिक अपिल गर्दछु ।
विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसको तथ्यांक हेर्ने हो भने अहिले अधिकांश देशमा फैलिसकेका छन् । उपचाररत रहेका सम्पुर्ण बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दछु । कोरोना संक्रमणका कारण ज्यान गुमाउनु भएका साथीहरुलाई भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछु । साथै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
म पेशाले पत्रकारीता हुँ । जुनदिनबाट नेपालमा पनि कोरोना भाइरसको महामारी भित्रियो, उक्तदिनबाट नै उचित सावधानी सामाजिक दुरी, माक्स, सेनिटाइजर, साबुनपानी लगायतका हरसम्भव प्रयोग गरि हिडेँका थिए । तर जति नै सावधानी अपनाउदा अपनाउँदै पनि दुर्घटना हुन सक्छ भन्ने कुरा प्रमाणित भएको छ ।
यद्यपी यो जति नै हल्ला र भ्रमहरु फैलाइएको छ त्यस्तो चै पटक्कै होइन रहेछ भन्ने मेरो १७ दिनको आइसोसन बसाईको अनुभव हो । मलाई फोन, म्यासेज मार्फत मेरो स्वास्थ्य अवस्था बुझ्नु हुने, अनि भेट्न आउनुहुने सम्पुर्णमा धेरै धेरै धन्यवाद दिन चाहान्छु । तपाईहरुको यो हौसला मलाई पक्कै पनि कुनै प्राण घातक रोगको निदान गर्ने ओखती भन्दा कम प्रभावकारी भएको पक्कै छैन । तपाईहरुको साथ सहयोगले गर्दा आज मैले कोरोना जितेर घर फर्कन पाए ।
मलाई कोरोनाले कसरी आक्रमण ग¥यो त ? कस्तो हुँदा रहेछ सत्य कति रहेछ र हल्ला, भ्रम कस्तो छ ? के साच्चिकै कोरोना संक्रमण हुने बित्तिकै अरुले हल्ला गरेकै जस्तो गरि मरिहालिने नि हो त ? भन्ने धेरैले प्रश्न गर्नभएको छ तर म भन्छु कोरोना भनेको सामान्य रोग हुन जुन मान्छेहरुलाई दीर्घकालिन रोग जस्तै निमोनिया, क्यान्सर, ग्यास्टिक, प्रेसर, दम जस्ता रोगले सताइरहेका हुन्छन् त्यस्तै मान्छेहरुले उपचार नपाएर ज्यान गुमाएका हुन नभए कोरोना लागेर मर्ने नेपालमा एकजना पनि छैन ।
गत साउन महिनाको २२ गते राति अकस्मात उच्च तापक्रमको ज्वरो आउने, छाती दुख्ने, कफ काम्ने, टाउको दुख्ने, घाटी दुख्ने, शरीरको जोर्नीहरु दुख्ने, सुख खोकी लाग्ने आदि लक्षणहरु देखा पर्दै गएका थिए । म सगंै बस्ने मेरो सानो बहिनी थियो । बहिनीलाई संक्रमण हुन सक्ने खतरा थियो । मेरो बहिनीलाई मलाई कोरोना पुष्टि भए लगत्तै ८ दिनपछि उसलाई पिसिआर जाँच गराए । रिपोर्ट आउन समय लाग्ने कारणले ६ दिनमा बहिनीको सिसिआर रिपोर्ट नेगटिभ आएको आइसोसनबाट खबर पाए । धेरै खुशी लागे मनमा लाग्ने गथ्र्यौ मलाई लागेता पनि मेरो बहिनीलाई कोरोना नलागोस भन्ने । मनमा एउटा कुरा पनि उत्पन्न भयो कोरोना सगैं सुत्दैमा, संगै खादैमा लाग्ने रोग होइन रहेछ । जुन मान्छे कमजोर छ उसैलाई कोरोना लाग्ने सम्भावना बढि रहेको हुन्छ ।
गत साउन २९ गते पिसिआर टेस्ट गर्दा ३० गते रिपोर्ट आयो । मलाई सबैले घरमा बस्न उचित वातावरण नभए आइसोलेसन वार्डमा जानु पर्छ भनि कल म्यासेज आउन थाल्यो त्यति नै मलाई तनाव बढ्यो । ३१ गते बिहानै मलाई लिन एक्बुलेन्स लिन आए म संग मेरो सानो बहिनी थिए । बहिनी एकलै भएको कारण मेरो मन भक्कानिन थाल्यो । म हेटौंडा १० आनन्दटोलमा विगत लामो समयदेखि डेरामा बस्दै आएका हुन् । मेरो घर राक्सिराङ गाउँपािलका वडा नम्बर २ हो । म आफनो काम अनि पढाई गर्दै हेटौडामा बस्दै आएका हुन् । मेरो आमा बुवा गाउँमै बस्नुहुन्छ म संग मेरो बहिनी बस्छिन् । कोरोना लागेको पुष्टि भए संगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा आइसोलेसन वार्ड गौरीटारमा ३१ गते बिहान ५ बजे एम्बुलेन्सले लगे ।
आफु बस्ने छेउछाउमा केही नभनि हिड्ने सोच बनाए । किनकी हाम्रो समाज एकदम खराब छ । म त हिँडे तर बहिनीलाई पो नराम्रो गर्छन् कि ?
एकक्षण बसेपछि निस्किनु प¥यो भनेर हिड्न खोजे । यता एम्बुलेन्सबाट चाडो निस्किनु भनेको छ मन गहुङ्गो भयो । भक्कानिएर आयो आखाँ रसाए । हिम्मत जुटाएर बहिनी संग बिदा मागेँ ।
मन भारी छ, मनमा डर त्रास छ, के हुने होला भन्ने । तर पनि घरमा आमा बुवालाई फोन गरेर अनि बहिनीको लागि ठुलो आत्मबल दिएर निस्किनुपर्छ ।
सबैजना कमजोर हुनुहुन्छ भन्ने लागेर ढुङ्गाको मन बनाएर मुसुक्क हाँसेर म गएँ है, छिट्टै निको भएर आउँछु चिन्ता नलिनु कसैले पनि भने ।
संगै बस्ने मेरो बहिनीलाई नलागोस भनेर जोगाउन म हिँडेको । आमा बुवालाई मेरो चिन्ता नलिन भने । बहिनीले म नउठ्दै मेरो सबै सामान ठिक्क पा¥यो अलि पर सम्म पु¥याउन गइन् । अनि बहिनीलाई जान्छु भने । मन त त्यो बेला दुखे बहिनीलाई एकलै छोडेर जादा ।
अनुहारमा हेरेर बोल्न सकेन । मन सम्हालिएन धन्न बहिनीले देखिनन् । फर्किएर हेरेँ । ४÷५ मिनेट हिँडेपछि एम्बुलेन्स हिड्ने बाटोमा पुगेँ । जे होला होला । आत्तिनु हुन्न जस्तो लाग्यो । म भन्दा मकजोरहरुलाई बाँच्न सिकाउनुपर्छ । म अरुको लागि उदाहरण बन्नुपर्छ भन्ने हिम्मत, आँट मनमा जुटाउने कोसिश गर्दै थिए ।
यस्सो झोलामा हेरेको औषधी पनि छुटेको रहेछ त्यो अनि अलिकति फलफुल पनि खानु है भनेर बहिनीले ल्याइदिइन् ।
एक्बुलेन्स मेरो अगाडी आएर रोकियो । मेरो मुटुको चाल रोकिए जस्तै भयो । म एम्बुलेन्समा चँढे । पहिला कहिल्यै नचढेकाले निक्कै डर लागेको थियो । सम्हालिएर बसे । एम्बुलेन्स सिधै गौरीटार आइसोलेसनमा हुँइकियो । म आत्मबल जम्मा गर्दै थिएँ । मोबाइलमा फोन आउन थाल्यो । म खासै बिरामी पनि थिएन । डर पनि कम हुँदै गयो ।
केहीबेरपछि एम्बुलेन्स सितलमहलचोकमा रोकियो । त्यहाँ मै जस्तो अर्को एकजना साथी पनि चढ्नु भो । उहाँ पनि म जस्तो सामान्य हुनुहुदो रहेछ । हामी दवै जना सामान्य अवस्थाकै थिए ।
आँइसोलेसन वार्डमा पुगे एम्बुलेन्स रोकियो । हाम्रो ढोका खुल्यो, सिस्टरले बिस्तारै ओर्लेपछि सिस्टरले शीघ्र सवास्थ्य लाभको कामना, छिट्टै निको भएर फर्किनुस है भन्दै बिदा गर्नुभयो । हामीले मुस्कुराउदै खुशीको संकेत दियौ ।
दोस्रो तल्लाको २ सय ९ नम्बर कोठामा गए । बेडमा पल्टिए, एकछिन् सोचेँ । खाजा खाने समय भएको रहेछ । खाजामा एउटा जेरी दुईओटा फुलाउरा रहेछ । म खाजा लिएर आएँ । पानी तताएर खाए । एकिछन् पछि तल झर्न मन लागे कम्पाउण्डमा तारबार गरेको रहेछ । सायद बिरामीहरु भाग्छन् भनेर होला ।
बस्ने ठाँउ राम्रो थियो । मन आनन्दित भयो । घरमा कसैलाई मेरो चिन्ता नहोस् भनेर फोन गरेर सबैलाई खबर गराए । नयाँ साथीहरु सगं बोलचाल भयो, चिन्जान गरे ।
संक्रमितहरु बढ्दै गए । बिहान दिउँसो बेलुका सधै नाचगान गरिन्थ्यौ । रमाइलो गरिन्थ्यो । कसैलाई केही भएमा इन्चार्ज सागर काफलेलाई फोन गरेर भन्थे । उहाँले आवश्यक सल्लाह सहित औषधी दिनुहुन्थे ।
मेरो १७ औं दिनको अनुभवले के भन्छ भने मैले आजभन्दा अगाडी कोरोनाको बारेमा जति जे सुनेका थिएँ त्यो सब हाम्रै भ्रम हो । कसैले भन्छ कोरोना लागेर मरिन्छ हाम्रो तुलनामा दीर्घ रोग भएका बिरामीहरुलाई चाही अलिक धेरै कमजोर बनाउँछ । उहाँहरुले पनि आत्मबल एकदम बलियो बनाएर खानपिनमा ध्यान दिनु भएर सुरक्षात्मक उपाय अपनाएर निको हुन समय लाग्दैन ।