गोठमा क्वारेनटाइन बस्दै बालिकाहरु

गुगलपाटी संवाददाता
२३ भाद्र २०७७ ०५:०७

हेटौंडाः राक्सिराङ् गाउँपालिका २ सुनारीसौरामा ३ जना गोठ क्वारेन्टाइनमा बसिरहेका छन् । तिनै जना बािलका हुन् । ११÷१२ वर्षका छोरीहरु भएकाले गोठमा राख्दा अभिभावक चिन्तित देखिन्छ । उनिहरु हेटौंडाबाट गाउँमा गएकाले गाउँका मानिसहरुले घरमा आउन निषेधाज्ञा गरेका हुन् । उनिहरु दिदीको कोठामा हेटौंडा बस्थे । खानेकुराको अभाव भएका कारण गाउँमा जान चाहेको उनिहरु बताउँछन् । दिदीलाई समाचार सकंलनका क्रममा कोरोना पुष्टि भयो । दिदी आइसोलेसन वार्डमा १७ दिन बसेपछि कोरोना मुक्त भएर आफनो कार्यक्षेत्रमा फर्केका थिए ।
दिदी आइसोलेनमा गएको देखि नै हामी होम क्वारेन्टाइनमा बसेका थिए । २१ दिन सम्म क्वारेन्टाइमा बसेपछि बल्ल हामी घर आएका हौ । दिदिलाई कोरोना लागेको ८ दिनपछि हामीलाई पिसिआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आउने बित्तिकै हामी घर आउन चाहेको थियो तर गाउँको मानिसले परिवारमा दिएको दबावको कारण आउन सकेन ११ वर्षकी स्किन मोक्तान बताउँछिन् ।
गाउँघरका गोठ घरबाट अलि टाढा हुन्छन् । हामी साना–साना भएकाले हामीलाई गोठमा बस्न धेरै डर भएको १२ वर्षकी स्वस्तिका दोङ भन्छिन् । परिवारका मान्छेले हामीलाई खाना पु¥याउन आउँदा पनि लखेट्नु पर्ने धम्की आएका थिए । कोरोना जाँच गर्दा नेगेटिभ आएकै कारण गाउँमा आएको तर गाउँको मान्छेले नबुझ्ने १२ वर्षिय सुशिला स्याङ्बो भन्छिन् । आज गोठमा बसेको ६ दिन भयो । जङ्गल नजिक भएको गोठमा कोही केटा मान्छे राती आएर अश्लिल कुरा गर्लाकी भन्ने उनिहरुको मनमा त्रास बढेको छ । यतिबेला परिवार सबै चिन्तित रहेको देखिन्छ । कोरोना लागेकालाई त घृणा ग¥यो ग¥यो तर नलाग्नेले पनि घृणा सहेर बस्नुपर्ने अवस्था यो रोग होकी हेला हो?
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल भन्छन्, अन्य बाहिरबाट आउने मानिसको क्रम जारी छ । बाहिरबाट आउनेहरुलाई राक्सिराङ ३ नम्बर वडाको श्री सुर्योदय मावीमा रहेको क्वारेन्टाइनमा राख्ने गरेका छन् । उक्त क्वारेन्टाइनमा हाल २÷३ जना मात्र रहेको छ । राक्सिराङ गाउँपालिकामा अहिले सम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैको अवस्था सामान्य छ । धेरै जस्तो निको भएर घर फर्किसकेका छन् । जसमा ३ जना महिला र ३ जना पुरुष हुन् । संक्रमितहरु वडा नम्बर ८ का ५ जना र २ नम्बर वडाका एक जना रहेको छ । जसमा २ जना गाउँपालिकाबाट बाहिर बस्दै आएको हो । बाँकीलाई बजार आवातजावतका क्रममा कोरोना लागेको मल्लको भनाई छ ।
हाल गोठमा बसिरहेका ३ जनालाई कोरोना नेगेटिभ आएको कारण छुट्टै राख्नु नपर्ने अध्यक्ष मल्लले बताए । गोठमा राख्नेहरु अब कारवाहीको दायरामा पर्न सक्ने उनले भने । गाउँपालिकाबाट नै घरमा जान पाउने अनुमति दिएर पठाएको मल्लले जानकारी दिए ।
त्यस्तै राक्सिराङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुर्य बहादुर मोक्तान भन्छन्, समाजका मानिसहरुले ति तिनजनालाई गाउँमा आउन मानेका थिएनन् । वडामा क्वारेन्टाइन छैन । क्वारेन्टाइनका लागि छुट्टै एउटा घरमा राख्ने निधो गरे तर त्यो पनि सम्भव भएन अन्त्यमा गोठमा राख्नुबाहेक कुनै उपाय थिएन वडा अध्यक्षको भनाई ।