एसइइ नतिजा त आयो तर कुन विषय पढ्ने अन्योलमा

गुगलपाटी संवाददाता
१२ आश्विन २०७७ ०७:०५

कुमारी स्याङ्बो

हेटौंडाः विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड –१९) महामारीका कारण शिक्षण संस्था चैतदेखि नै बन्द छन् । सरकारले विद्यालय तहमा बैकल्पिक शिकाई कक्षा सञ्चालन गरिरहेको बताए पनि त्यो प्रभावकारी हुन सकेको छैन । ग्रामिण ठाउँका एसइइ दिने विद्यार्थीहरु भन्छन् नतिजा त आयो तर कुन विषय पढ्ने अन्योलमा छन् ।

भ्विष्यका सुनौलो सपनालाई साकार पार्ने योजनामा तल्लिन उनि उच्च शिक्षाका विषयमा चिन्तित हुन थालेका छन् । शहरी क्षेत्रका विद्यार्थीहरुले एसएलसी पछि के पढ्ने र कुन कलेज रोज्ने भन्ने विषयमा योजना बनाइसके पनि ग्रामिण क्षेत्रका अधिकांश विद्यार्र्थीमा अहिलेसम्म पनि अन्यौलता कायमै छ । उनीहरुमा कुन विषय पढ्ता के विशेषज्ञता हासिल गरिन्छ, इच्छा अनुसारको पढाई कहाँ हुन्छ, उच्च शिक्षा अध्ययनका लागि कस्ता कलेज छान्नेलगायतका विषयमा समेत अन्योलता रहेको पाइएको छ ।
अहिलेसम्म कहाँ र के पढ्ने भन्नेमा टुंगो लागिसकेको छैन, राक्सिराङ स्थित श्री सुर्योदय मावीबाट एसइइ उत्तीर्ण गरेका बिनिता मोक्तानले भने, पढ्न मिले गाउँमै पढ्छु नभए हेटौंडामा पढ्ने हो, के पढ्ने उतै गएपछि थाहा हुन्छ । शिक्षक तथा अविभावको उचित परामर्शको अभावले आफूजस्ता विद्यार्र्थीहरुलाई समस्या परेको उनले बताइन् । ‘सरहरुले किताबी ज्ञानबाहेक बाहिरी कुरा कहिल्यै सिकाउनुहुन्न, उनले भनिन् । उच्च शिक्षामा भविष्यका सम्भाव्यताका विषयमा शिक्षकले कुनै जानकारी नदिने र अभिवाभकलाई पनि यस बारेमा जानकारी नहुदा समस्या उत्पन्न भएको मोक्तानको भनाई छ ।

छात्रछात्राहरुमा नैराश्य वढेको छ । लकडाउन खुले पढाईलाई निरन्तरता दिन पाउथे । उनीहरु पढाईको प्रतिक्षामा छन् । विद्यार्थी मोक्तान भन्छिन्, एसइइको नतिजा त आयो तर क्याम्पस पढन नपाउला जस्तो लाग्यो । हाल उनि घरायसी काममा व्यस्थ छिन् ।

शिक्षकले बिनाकाम तलव पाईरहेका छन् । पठन पाठनबारे निर्णय गर्नु पर्ने शिक्षा मन्त्रालय पनि रमिते जस्तो बनेको छ । विद्यार्थीहरु घरमा वस्नुपर्दा चिन्तित हुँदै गएका छन । सरकारले महामारीको अवस्थामा शैक्षिक सत्र कसरी अगाडि बढाउने भन्ने बारे अहिले सम्म निर्णय गरेको छैन । असार १ गते देखि बैकल्पिक शिकाई कक्षा सन्चालन भईरहेको देखाएर पन्छिरहेको छ । तर त्यो प्रभावकारी छैन । निजितर्फ पनि अनलाईनबाट कक्षा चलाएका धेरै जसो बिद्यालयले अभिभावकबाट शुल्क नपाएपछि बन्द गरिसकेका छन् । अनलाईन शिक्षालाई वैधानिकता दिनेतर्फ सरकारले लागिरहेको देखिन्छ ।

युनिसेफले हालै गरेको अध्ययनले विद्यालयमा दुई तिहाई बालबालिका शिक्षाबाट बन्चित रहेको देखाईको छ । तर शैक्षिक सत्र खेर जान नदिने सम्बन्धमा शिक्षा मन्त्रालयले यो अवधिका खासै योजना र नीति नवनाएर समय गुजारिरहेका छ । शिक्षा मन्त्रालयले मातहतको पाठ्यक्रम बिकास केन्द्रले तिस प्रतिशत पाठ्यभार घटाउन मन्त्रालयमा प्रस्ताव लाने तयारी गरिरहेको बताईएको छ । तर कहिले प्रस्ताव लान्छ र मन्त्रालयले कहिले निर्णय गर्छ टुंगो छैन । महामारी फैलिएका शहरी क्षेत्रमा विद्यालय खोल्ने अवस्था छैन । त्यहा अहिले अनलाईन लगायत अन्य वैकल्पिक विधिको विकल्प छैन