मकवानपुरमा राहदानी र नागरिकता बनाउनेको घुँइचो

गुगलपाटी संवाददाता
१६ आश्विन २०७७ ०६:५६

कुमारी स्याङ्बो
हेटौंडाः हाल जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सेवाग्राहीको भिड लागेको छ । रोजगारीको लागि घर बाहिर भएकाहरु दशैँको समयमा घर आएको मौका हेरी प्रशासनमा नागरिता तथा राहदानी लिनेहरुको भिड लागेको छ । कोरोना भाइरसको कारण वैदैशिक रोजगारीमा जान नपाएका वा घरमा आउन नपाएकाहरु हाल फारम भर्ने राहदानी लिनेहरुको घुँइचो देखिन्छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ की मिना थापा मगरको घरको आर्थिक अवस्था कमजोर भएको कारण वैदेशिक रोजगारमा जान थालेकी हुन् । जसको कारण राहदानी बनाउन प्रशासन कार्यालय धाएकी छिन् । उनी पासपोर्ट बनाउन बिहानैदेखि प्रशासन कार्यालयको राहदानी फाँटको लाइनमा उभिए । उनको एक छोरा, एक छोरी, श्रीमान गरि चार जनाको परिवार रहेका छन् । यो भन्दा पहिला उनका श्रीमान ३ वर्ष मलेसिया बसेको हो । घरको आम्दानीको श्र्रोत केही नभएकाले उनि वैदेशिक रोजगार जान लागेको बताइन् । श्रीमान घर बाहिर निस्किएपछि विभिन्न खालका रोगहरु निस्किने भएकाले आफु वैदेशिक रोजगार जानु पर्ने बाध्यता भएको उनले बताइन् । मगरका अनुसार, नेपालमा काम गरेर खाने कुनै बाटो छैन खेतीपाती गरेर बसौ भने आफनो जग्गा छैन । अर्काको जमिनमा खेती गर्दै जसोतसो परिवार पाल्दै आएको उनले भनिन् । घरमा आम्दानी धेरै छैन त्यसैले विदेश जान लागेको । उनले भने, फारम भर्ना लाइनमा उभिएको ३ घण्टाभन्दा बढि भयो, भिड भएकोले पालो पर्खेको छु ।
प्रशासनमा राहदानी मात्र होइन, नागरिकता लिनेहरुको पनि उस्तै भिड लागेको छ । पढ्नको लागि घर बाहिर रहेका विद्यार्थी तथा अन्य कारणले घरबााहिर रहेका मानिसहरुले नागरिकता बनाउनेहरुको घुँइचो लाग्ने गर्दछ । ठिक १० बजेबाट नागरिकताको लागि लाइन लागेको पालो कुरेर बसेको २÷३ घण्टा भइसक्दा पनि नागरिकता बनेको छैन, हेटौंडा ६ का धनबहादुर घलान भन्छन् । घलानले भने, भिडले केही समस्या भएको छ । छोराको नागरिकता बनाउन आएको उनले भने । पहिला नागरिकता बनाउन आउने भन्दा भन्दै लकडाउन भयो । अहिले बल्ल आउन पाएको त्यो पनि भिडले लाइन् कुर्दा कुर्दै आज बन्छ कि बन्दैन थाहा छैन ।
कार्यलयमा बुधबार मात्रै राहदानीको लागि हेटौंडाबाट कुल ६० जनाले फाइल पेश गरे भने काठमाण्डौबाट ८ जनाले फाइल पेश गरेका छन् । बुधबार लगभग ६५ जनाले नयाँ नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयका नासु बिनोद अर्यालले बताए । बुधबार पनि राहदानी र नागरिकता गरी १ सय २५ जना भन्दा बढिले सेवा लिएको नासु अर्यालको भनाई छ ।
मकवानपुरमा असोज १ गतेबाट राहदानीको लागि ५० जनाले सिफारिस दिएको छ । त्यस्तै चैत्र ११ गतेबाट ४ सय ७८ जनाको पासपोर्ट बनाएको कार्यालयले जनाइएको छ । बुधबार मात्र ५० जनाको राहदानी बनाएको अर्यालले बताए ।
कार्यालयमा बुधबारबाट राहदानी र नागरिकता बनाउन आउनेको भिड एक्कासी बढेपछि स्थिती असहज बनेको छ । लकडाउन खुल्नु भन्दा पहिला दैनिक १८÷२० जना राहदानी बनाउन आवेदन दिने गरेको भए पनि बुधबार बढेर ८० जना पुगेको छ । नागरिकता बनाउन आउनेको पनि उस्तै भिड बढेको छ ।
अमेरिकी डीभी भर्न पासपोर्ट नम्बर अनिवार्य गरिएका कारण भीड बढेको अर्यालको भनाई छ ।