सिद्धार्थ माविमा अनलाइनबाटै भर्ना
गुगलपाटी संवाददाता
कुमारी स्याङ्बो
हेटौंडाः कोरोना भाइरस (कोभिड –१९) का कारण चैत्र ११ गतेबाट विद्यालयहरु ठप्प छ । शैक्षिक क्षेत्रलाई निरन्तरता दिन सरकारले अनलाईन कक्षा सुचारु गरे तर सबै विद्यार्थीको लागि उचित भएन । लाखौ विद्यार्थीको पढाईमा असर त परेको छ नै संगैं शैक्षिक सत्रलाई समेत नराम्रो धक्का पुग्ने निश्चित छ । यस अवस्थामा शिक्षण संस्थाले अनलाइन शिक्षण र अनलाइन सिकाईलाई सदुपयोग गर्नु अनिवार्य आवश्यक बनेको छ ।
यस्तो परिस्थितीलाई मध्यनजर गर्दै हेटौंडा ४ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले कक्षा ४ बाट १२ सम्मलाई अनलाइन कक्षा सञ्चालन गरेको छ । नर्सरीबाट ३ कक्षाका विद्यार्थीको लागि विद्यालयले घरदैलो कार्यक्रम राखि अध्ययनलाई निरन्तरता दिइरहेको सिद्धार्थ माविका प्रधानाध्यापक मोहन शर्माले बताए । अभिभावकलाई विद्यालयमा बोलाएर सामाजिक दुरी कायम गरि गृहकार्य पनि दिँदै आएको उनको भनाई छ ।
अनलाइनको पहँुच नभएकाहरुलाई सेड्युल अनुसार मुल्याङ्कन गर्न हप्तामा एकचोटी अनुगमन गर्दछ । घरदैलो अध्ययनको लागि मनकामना मन्दिर परिसर, सामरी पुल, चौकीटोल विद्यालय, क ब्लकमा पर्ने सिद्धार्थ विद्यालय, ख ब्लकमा पर्ने वनस्खण्डीमा रहेको सिद्धार्थ विद्यालय, जरुवाटोल र सिँचाईटोलमा विभाजन गरि थोरै संख्यामा अध्ययन गरिरहेको प्रधानाध्यापक शर्माको भनाई छ ।
घरदैलौ कार्यक्रममा रेडियो अनलाइनमार्फद अध्ययन गरेका कुरा नबुझेका सोधपुछ गर्दछ । सिद्धार्थ माविले हाल अनलाइनबाट गृहकार्य दिने र हेर्ने पनि गर्दछ ।
विद्यालयले असोज २५ गतेबाट अफलाइन कक्षा पनि सञ्चालन गर्ने भएको छ । शर्माका अनुसार अफलाइन कक्षामा सिर्जनात्मक प्रश्न बनाएर परीक्षा लिने निर्णय भएको बताए । हाल सिद्धार्थ माविमा १८ सय विद्यार्थीहरु रहेका छन् ।
विद्यालयमा नै उपस्थिती भएर भर्ना गर्न सक्ने अवस्था नरहेकोले अनलाइनबाट पनि भर्ना गर्न सकिन्छ । हाल कक्षा ११ मा ५० जनाले भर्ना गरेको छ । नर्सरीदेखि ९ कक्षा सम्ममा लगभग २ सय ५० जनाले भर्ना गरेको विद्यालयले जनाइएको छ । भर्ना भएका सबै नयाँ विद्यार्थीहरु हुन् ।
पहिलाको तुलनामा यसपालि विद्यालयमा नयाँ विद्यार्थीको भर्ना संख्या कम रहेको छ । शर्माले भनmे कोरोना भाइरसको बढ्दो त्रासको कारण विद्यालयमा भर्ना गर्ने विद्यार्थी संख्या घटेको हो । धेरै विद्यार्थी गाँउमा गएर नै पढिरहेका छन् ।
सिद्धार्थमा माविमा विगत लामो समयबाट विभिन्न विषयमा अध्ययन गर्दै आएका हुन् । कानुनमा ४ जनाको भर्ना भएको छ । व्यवस्थापन सम्बन्धि ३०÷४० जना विद्यार्थीको भर्ना भएको छ । विज्ञान विषयमा २० जनाको भर्ना भएका छन् । फरेष्ट्री सिटिभिटीमा ४० जनाको कोटामा २५ जनाको भर्ना भएको शर्माले बताए । कोटा अनुसार विद्यार्थी संख्या अपुग भएकाले म्याद थपेको विद्यालयले जनाए ।