काठमाडौँ उपत्यकामा २४ घन्टामा थप १ हजार १७७ जना कोरोना संक्रमित

गुगलपाटी संवाददाता
१७ आश्विन २०७७ १२:२१

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १७७ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

२४ घन्टामा जम्मा १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएका छन् ।

शुक्रबार उपत्यकामा अहिलेसम्मकै उच्च १ हजार ६३८ कोरोना संक्रमित देखिएका थिए ।