बागमती प्रदेशमा ३७ हजार २ सय ८३ जनामा कोरोना पुष्टि

गुगलपाटी संवाददाता
२० आश्विन २०७७ ०७:४१

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ३७ हजार २ सय ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७ सय ६८ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ३७ हजार २ सय ८३ पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेशमा हालसम्म कोरोना स्रंक्रमण मुक्त हुनेको संख्या २१ हजार १ सय ८७ रहेको छ ।

हालसम्म प्रदेशमा कोरोनाको कारण २ सय १० जनाको मृत्यु भएको छ ।

आजको दिनमा प्रदेशमा १५ हजार ८ सय ७६ सक्रिय संक्रमित उपचाररत रहेका छन् ।