राक्सिराङ १ का वडा कार्यालयको ताल्चा खोल्यो

गुगलपाटी संवाददाता
२५ आश्विन २०७७ १५:२९

हेटौंडाः मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर १ बिरालीटारमा युवा संजाल क्लबले असोज २३ गते बन्द गरिएको कार्यालय २५ गतेबाट सञ्चालनमा ल्याएको छ । कार्यालयमा केही निति नियम पुरा नगरि कार्यालयमा ताला बन्दी गरेको १ नम्बर वडाका वडा अध्यक्ष कान्छाराम रुम्बाले बताए । युवा संजाल क्लबले यो भन्दा पहिला पनि कार्यालयमा तोडफोड गरेको वडा अध्यक्षले बताए । अबका दिनमा वडा कार्यालय निरन्तर संचालनमा रहने छ । चालु रहेको योजनालाई तथा बाटो सरसफाई कार्य २६ गते एकदिनलाई स्थगित गरिएको छ ।

सञ्जालको मागको सम्बन्धमा वडा अध्यक्ष रुम्बाको अनुसार, नेपालको कानुन विपरित यस कार्यालय संग सम्बन्धित गुनासो तथा समस्याको नाममा गरिएको तालाबन्दी राजनैतिक पुर्वाग्रह राखि केही सिमित व्यक्तिहरुद्धारा निजि स्वार्थ पूर्तिका लागि गरिएको हो । विगतमा पनि यस वडा कार्यालयमा तोडफोड, धम्कि जस्ता अनैतिक क्रियाकलापहरु पटक पटक गर्दै आएको रुम्बाले जानकारी दिए । ग्रामिण सडकको सरसफाईको सन्दर्भमा वडा कार्यालयबाट बजेट विनियोजन भइसकेकाले गाउँपालिकाबाट पनि बजेट विनियोजन गरि दोहोरो खर्च गर्न नमिल्ने वडा कार्यालयले जनाइएको छ । सेवाग्राहीहरुलाई हालसम्म यस वडा कार्यालयबाट नियमित रुपमा सेवा प्रदान गरिएको र सेवाबाट बञ्चित हुन नपरेको सर्वसाधरण जनताहरुबाट उक्त गुनासो नआएकाले सिमित व्यक्तिहरुको राजनैतिक पुर्वाग्रह मात्र रहेको रुम्बाले जिकिर गरे ।

वडा नम्बर १ अन्तर्गत रहेको ग्रामीण सडकहरु सरसफाई गर्ने कार्य हालै गाउँपालिकाले गरेको टेण्डर मार्फत हुनपर्ने नेकपा पार्टीको वडा इन्चार्ज सिगंराम रुम्बाको भनाई छ । यस वडा कार्यालयबाट प्रवाह हुने दैनिक प्रशासनिक कार्यमा विभिन्न बहाना बनाई काम गर्न आलटाल गरेको वडा इन्चार्ज रुम्बाले बताए । वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य सेवा केन्द्र भवन विगतमा भएको निर्णय अनुसार गौदान दुंगुमा निर्माण गर्नुपर्ने उनले बताए । विकास निर्माण सम्बन्धि उपभोक्ता समिति गर्र्दा सिमित व्यक्ति बसेर गठन गर्नुपर्दछ । जनप्रतिनिधिले आफु खुशि समिति चयन गर्ने प्रथाको अन्त्य हुनुपर्ने भन्ने मागहरु राखि वडा कार्यालयमा ताल्चा लगाई विरोध गरेका हुन् ।

 

 

आइतबार भएको बैठकमा नेपाली कांग्रेसका सभापति सिंगाराम ब्लोन, चैनपुर चौकीका प्रहरी हवल्दार सिकेन्द्र प्रसाद सहनी, लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।