मकवानपुरमा थप १ सय २० जनामा कोरोना पुष्टि
गुगलपाटी संवाददातामकवानपुर जिल्लामा आज थप १ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरु सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । जसमा ४९ महिला र ७१ पुरुष रहेका छन् ।
असोज २९ गते संकलन गरिएको स्वाबको हेटौँडा–१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको २ सय १८ जनाको परीक्षणमा १ सय २० जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।