मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि

गुगलपाटी संवाददाता
३ कार्तिक २०७७ ०३:३३

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आज थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३३ जना हेटौंडामा स्थायी वसोवास गर्ने र २ जना जिल्ला बाहिर स्थायी ठेगाना भएपनि अस्थायी रुपमा बसोवास गर्नेमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेमा १४ महिला र २४ पुरुष रहेका छन् । असोज ३० गते संकलन गरिएको स्वाबको हेटौँडा–१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको ९२ जनाको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।