जिल्लामा रहुँन्जेल जनगुनासो आउँन दिन्न : प्रजिअ रिजाल
गुगलपाटी संवाददातालामो समय सम्म एकैठाउँमा बसेर काम गर्न पाउँने वातावरण नहुँदा कहिलेकाँही जनभावना अनुसार काम गर्न नपाईने भन्दै जिल्लामा रहुँन्जेल आफुले गरेको काममा जनगुनासो आउँन नदिने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद रिजालले बताउनु भयो ।
सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले आयोजना गरेको सार्वजनिक यातायातमा महिला यात्रु माथी हुने यौनजन्य हिंसा न्युनिकरण विषयमा छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागिहरुको प्रश्नको जबाफ दिदै प्रमुख रिजालले कुनै प्रकारको हिंसाको प्रतिकार गर्न नागरिक सचेत हुनु पर्ने भन्दै समुदायलाई सचेत बनाउने जिम्मेवारी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको पनि भएकाले बताउनु भयो ।
यस्तै कार्यक्रमा बोल्दै प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले सामुदायिक प्रहरी सेवा केन्द्र र समुदायसँग हातेमालो गरेर अगाडी बढन प्रतिबद्ध रहेको बताए । उनले समाजमा हुने आपराधिक गतिविधि प्रहरी एक्लैले नियन्त्रण गर्न नसक्ने भन्दै साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गरे ।
उक्त अवसरमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष विष्टले सामुदायिक सेवा केन्द्रले गरेका गतिविधिको जानकारी गराउदै प्रहरीको गलत बुझाईले सर्बसाधारण जनताले दुख पउने गरेको दृष्टान्त बताउदै आवश्यक परेको खण्डमा जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयलाई चौबिसै घण्टा सहयोग गर्न तत्पर रहेको बताए ।
सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको सभाध्यक्षमा भएको कार्यक्रमा हेटौडा ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्ले, विभिन्न टोल विकास संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद रिजाल र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर लाई स्वागत तथा सम्मान गरेको थियो ।