पास्निमा छोरालाई करोडको जीवन बिमा उपहार
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडाका एक निर्माण व्यवसायीले आफ्नो छोरोको पास्निमा एक करोड बराबरको जीवन बिमा उपहार दिएका छन् । हेटौंडा–४ थाहाचौंकका ४८ बर्षीय व्यवसायी लक्ष्मण थापाले पास्निको अवसर पारेर १ करोड बराबरको जीवन बिमा उपहार दिएका हुन् ।
हेटौंडा स्थित सुर्या लाइफइस्योरेन्स मार्फत उनले छोराको बिमा गराएका हुन् । बिमाकं वातप ८ लाख रुपियाँ बराबरको चेक इन्स्योरेन्स कम्पनीलाई हस्तान्तरण गरेका व्यवसायी थापाले बिमा जीवनको लागि आवश्यक रहेको भन्दै समाजमा जीवन बिमाको बारे सकारात्मक सन्देश दिने उद्देश्य सहित छोरालाई जीवन बिमा उपहार दिएको बताए ।
बिमा वापत पहिलो किस्ता रकम हस्तान्तरण गरेपछि इन्स्योरेन्स हेटौंडा शाखाका प्रमुख पवन थापा मगरले पास्नी समारोहमा जीवन बिमालेख उपलव्ध गराएका थिए । बिमालेख दिदै प्रमुख थापाले जीवन बिमाको महत्व र आवश्यकता बुझेर छोरोलाई उपहार दिएकोमा धन्यवाद दिएका थिए । उनले छोरोलाई उपहार दिने व्यवसायी थापालाई कम्पनीको तर्फबाट सम्मान समेत गरे ।