मकवानपुरमा मनाइयो जनयुद्ध दिवस

गुगलपाटी संवाददाता
१ फाल्गुन २०७७ ११:२१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समुहले मकवानपुरमा जनयुद्ध दिवस मनाएको छ । मकवानपुरगढीस्थित जनयुद्धका सहित तथा तत्कालिन नेकपा माओवादीका नेता स्वर्गीय रुद्र पाख्रिनको सालिकमा माल्यार्पण गर्दै दिवस मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धी रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतान्त्रिक संविधानमाथि कु गरेर लोकतन्त्रलाई खतरामा पारेको उनेको भनाई छ । ‘अब यो उपलब्धरी रक्षा गर्न तेस्रो जनआन्दोलनको आवश्यकता छ’, न्यौपानेले भने, ‘सबै नेपाल िफेरि एकपटक उपलब्धी रक्षाको लागि अघि बढ्न जरुरी छ ।’


मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिरोध खतिवडा, नेकपा मकवानपुरका सचिव प्रेम बहादुर पुलामी, नेताहरु हर्कमाया रुम्बा, ललित घलान, बद्रि लम्साल, श्रीधर पोखरेल, प्रमिला पुलामी, कमानसिं पाख्रिन (पृथक), मान कुमारी नेपाली, रामजि नेपाल लगायतको आतिथ्यता रहेको थियो ।