हेटौंडा १२ मा खुल्यो माओवादी केन्द्रको कार्यालय
गुगलपाटी संवाददाता हेटौंडा
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीस्थित हात्तिगौंडामा नेकपा माओवादी केन्द्रको वडा पार्टी सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले आज आइतबार कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री केपी शार्मा ओलीले धोका दिँदैमा कम्युनिष्ट आन्दोलन कमजोर नहुने बताउनुभयो । ‘आन्दोलनको बहाक नेकपा माओवादी नै भएकाले उपलब्धीहरुको रक्षाको लागि हामी थप सशक्त भएर अघि बढ्नुको बिकल्प छैन’, उहाँले भन्नुभयो ।
कार्यालय उद्घाटन लगत्तै बसेको वडा कमिटिको बिस्तारित बैठकले योङ कम्युनिष्ट लिग वडा भेला संयोजकमा राजकुमार बिक, अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेला संयोजकमा यसोदा खनाल र सहसंयोजकमा मन्जु थिङलाई जिम्मेवारी दिएको छ ।
पार्टी वडा कमिटि अध्यक्ष पुण्यशिद्धि लामाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा मााओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामी, प्रदेश कमिटि सदस्य ललित घलान, जिल्ला सचिवालय सदस्य कमान सिं पाख्रिन (पृथक), उपमहानगरपालिका इन्चार्ज बिवेक राई, जिल्ला सदस्य सन्दिप घलान, उपमहानगरपालिका पार्टी नगर अध्यक्ष तिर्थ थापा मगर, पार्टी नगर सचिवालय सदस्य राज मोक्तान, वडा कमिटि इन्चार्ज भुवन खनाल, मजदुर नेता रवीन्द्र केसी लगायतको आतिथ्यता रहेको थियो ।