अस्पताललाई एक सय सिलिण्डर अक्सिजन सहयोग
गुगलपाटी संवाददाता अष्ट्रेलियामा बसेका मकवनपुरे युवाले हेटौंडा अस्पताललाई एक सय सिलिण्डर अक्सिजन सहयोग गरेका छन् । हेटौंडा लेडि जेसिज मार्फत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौडा अस्पताललाई अक्सिजन सहयोग गरेको हो ।
मकवानपुरबाट अष्टेलियामा काम गर्दै आएका युवाहरुले कोरोना संक्रमित बिरामीलाई उपचार गर्नका लागि सहज होस भन्ने उदेस्यले अक्सिजन सहयोग गरेको हो । अष्ट्रेलियामा रहेका मकवानपुरे बिसम गौतम, बिरोध थिङ लगाएतकाले सहयोग गरेको रकमबाट आज अस्पतालमा अक्सिजन सहयोग गरिएको थियो ।
हेटौंडा लेडि जेसिजले संबिधान सभा सदस्य अनन्त पौडेल मार्फत हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन शिलीण्डर हस्तान्तरण गर्नुभयो । कार्यक्रममा हेटौंडा लेडि जेसिजका अध्यक्ष प्रतिमा श्रेष्ठ, कार्यक्रम संयोजक मेनका श्रेष्ठ , जेसी रश्मि बस्नेत,प्रतिष्ठानका सदस्य हिरा वाइवा जेसिज सदस्यहरु , पत्रकार लगायतकाको सहभागिता रहेको थियो ।