विपन्न परिवारलाई खाद्यान्न सहयोग

गुगलपाटी संवाददाता
३० जेष्ठ २०७८ ०८:२१

हेटौंडा राउण्ड टेवल गैर सरकारी संस्थाले हेटौंडा उपमहानगर पालिका वडा नम्बर १३ का विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि टेवलले हेटौंडा—१३, बनस्पती बृन्दाबनका २८ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
लकडाउनका कारण जीवनयापनमा विपन्न परिवारलाई समस्या परेको भन्ने थाहा पाई हेटौंडा राउण्ड टेवलले प्रति परिवार १५ केजि चामल, २ केजि दाल, १ प्याकेट नुन, सोयाविन २ प्याकेट र तेल २ प्याकेट वितरण गरेको कार्यक्रम संयोजक राहुल जालानले जानकारी दिनु भयो ।
‘     कोरोना भाइरसका कारण जारी लकडाउनले दिनहुँ ज्याला मजदुरी गरेर खाने परिवारलाई समस्या पर्दै गएको छ । ‘त्यसैले भोकभोकै बस्नुपर्ने अवस्था नआओस भनेर थोरै भए पनि राहत वितरण गरिएको कार्यक्रम संयोजक जालानले बताउनु भयो ।


हेटौंडा राउण्ड टेवलका अध्यक्ष आशिष अग्रावालले ‘लकडाउन’ का कारण दैनिक मजदुरी गर्ने परिवारको जीवनयापनमा समस्य उत्पन्न हुन थालेकाले त्यस्ता परिवारलाई घरमै पुगेर राहत वितरण गरेको जानकारी दिनुहुदै आगामी दिनमा पनि यस प्रकारको सहयोगलाई सस्थाले निरन्तरता दिने बताउनु भयो । संस्थाको यस अभियानमा सहयोग गनुहुने प्रति हेटौंडा राउण्ड टेवलले धन्यावाद ज्ञापन गर्दे ‘निशेधाज्ञ’ को वर्तमान अवस्थामा अन्य कुनै विकल्प नरहेका त्यस्ता परिवारलाई सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेको छ ।