निःशुल्क डिसइन्फेक्ट गर्दे नेपाल स्काउट,हटौडा उपमहानगरपालिका समिति

गुगलपाटी संवाददाता
३१ जेष्ठ २०७८ ०७:१७

नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिले कोभिड संक्रमित भई घरमै आईसोलेसनमा बसेका एकै घरका धेरै संख्यामा संक्रमित भएका तथा बिपन्त्र परिवारहरुको घर निःशुल्क डिसइन्फेक्ट गर्ने (औषधी छर्कने) कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको छ ।

नेपाल स्काउट हटौडा उपमहानगरपालिका समितिको संयोजन तथा नेपाल स्काउट प्रदेश कार्यालयको प्रबिधिक सहयोगमा जेठ १७ गते देखि सुरु भएकोे कार्यक्रमलाई अन्य व्यक्ती तथा संघ सस्थाहरुको सहयोगमा निरन्तरता दिदै आईरहेको नेपाल स्काउट हटौडा उपमहानगरपालिका समितिका संयोजक दिपेन्द्र रोक्काले बताउनु भयो ।नेपाल स्काउट बागमति प्रदेश कार्यालय समेत रहेको हेटौंडा उपमहानगरपालिका वडा नं ५ बाट सुरु गरिएको अभियानलाई नगर क्षेत्रका हरेक बडामा पु¥याउने लक्ष्य अनुरुप सम्बन्धित वडा कार्यलयको समन्वयमा हाल सम्म कोरोना संक्रमण बढि भएका दश वडामा स्काउटको अभियान संचालन भएको हाल सम्म एक सय पचास भन्दा बढी घरमा सेवा दिईएको नेपाल स्काउट बागमति प्रदेश सदस्य अशोक सारु मगरले वताए ।


हटौडा उपमहानगरपालिकाका १९ वटै वडाका वडाअध्यक्षहरुसंग समन्वय गरेर आर्थिक रुपमा बिपन्त्र तथा पिछडा बर्गलाई लक्षित गरेर निःशुल्क दैनिक १२ जना रोभर,रेन्जर र स्काउटरहरुले सुरक्षा बिधिको पालनागर्दे विपतको घडिमा निरन्तर सेवा गर्दै आईरहेको र भोलिका दिनमा समेत यस्ता कामलाई निरन्तरता दिईने हटौडा उपमहानगरपालिका समिति सदस्य तथा हेटौंडा ओपन स्काउट क्रयूका अध्यक्ष बुद्घिनाथ न्यौपानेले वताए ।

सेवामा नेपाल स्काउट
नेपाल स्काउट बागमती प्रदेश समितिले विश्वव्यापी संक्रमणले देशलाई संकटको घडीमा कोरोना संक्रमित र अन्य बिरामीहरुका लागि निशुल्क चिकित्सकीय परार्मस सेवा समेत सुरुगरेको छ ।
निशुल्क सेवासुरु गरेको आएको स्काउटले बिभिन्त्र प्रमुख शहरहरुमा हेल्प डेस्क संचालन गरिरहेको छ । सामाजिक दुरी कायम गरि मोबाइल हेल्प डेस्क ,निःशुल्क भोजन,खोप केन्द्रमा स्वयमसेवक परिचालन,जनचेतना मुलक सन्देश प्रवाह, जनाबरलाई खाना,बिपतमा एम्बुलेन्स सेवा संचालन गरी सरकारलाई सहयोग गरि रहेको बागमती प्रदेशमा स्काउट कार्यालय संयोजक केशरत्न शाक्यले बताउनु भयो ।