बागमती प्रदेशको युवा परिषदको उपाध्यक्षमा चौलागाई नियुक्त

गुगलपाटी संवाददाता
४ असार २०७८ १३:५३

बागमती प्रदेशको प्रदेश युवा परिषदको उपाध्यक्षमा मकवानपुरका युवानेता सन्तोष चौलागाई नियुक्त हुनुभएको छ । बागमती प्रदेश सरकारको गत जेठ २७ गते बसेको मन्त्री परिषद्को निर्णयबाट प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गर्नुभएको हो ।
युवा परिषदमा उपाध्यक्ष नियुक्तिसँगै प्रदेशमा युवाको निति निर्माण गर्न र योजना कार्यान्वयन गर्न सहज हुने मुख्यमन्त्री पौडेलले बताउनुभयो । नियुक्त हुनुभएका चौलागाईलाई शुक्रबार सामाजिक बिकास मन्त्रालयमा एक कार्यक्रमका बीच सपथ ग्रहण गराउदै सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समग्र युवाको बिकासका लागि, महिला र युवाहरुको सक्रियता बढाउने गरि काम गर्न सुझाव दिनुभएको थियो ।
बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्षको लागि १६ जनाको आवेदन परेकोमा सामाजिक विकास मन्त्रालयले ६ जनालाई अन्तरवार्ताका लागि छनौट गरेको थियो । प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त हुनुभएका चौलागाईंले २०७३ मा मकवानपुर जिल्ला युवा समितीको अध्यक्ष भै एक कार्यकाल काम गर्नु भएको थियोे ।