४१ जनाले गरे रक्तदान

गुगलपाटी संवाददाता
२६ भाद्र २०७८ १३:१३

शनिबार हेटौंडामा ४१ जनाले रक्तदान गरेका छन ्। मकवानपुर क्योकुशिन कराँते संघ बालकुमारी (आईकेयूजापान)हेटौडाकोे आयोजनामा हेटौडा उपमहानगर पालिकाका मेयर श्री हरि बहादुर महतको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष श्री सानू लामाको विशेष आतिथ्यतामा जिल्ला खेलकुद बिकास समितिको प्राङ्गणमा दोश्रो खुल्ला रक्तदान कार्यक्रम भएको छ ।
रक्तसंचार केन्द्र हेटौंडा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा खेल क्षेत्रका पदाधिकारी, खेलाडीहरुसहित ४ जना महिला र ३७ जना पुरुष गरी ४१ जनाले रक्तदान गरेको शाखा प्रमुख टंक प्रसाद दाहालले जानकारी दिनुभयो । पछिल्लो केही दिनयता रक्तदानको कार्यक्रमहरु नियमित जस्तैहुने भएकाले हेटौंडामा रगतको अभाव नभएको दाहालले बताउनु भयो । चितवन जिल्लामा रगतको अभाव रहेको जानकारी आएकाले हेटौंडाबाट र रगत पठाउने तयारी भइरहेको समेत उहाँले बताउनुभयो ।


खेलकुद क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु खेलकुदका साथै समाजसेवाको कार्यमा पनि अग्रसर छन भन्ने अवगत गराउन यस्ताखाले कार्यक्रमहुन जरुरी रहेको प्रमुख अतिथि हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताउनु भयो ।
कार्यक्रममा कोरोना संक्रमणको समयमा रगतको अभाव हुन नदिनका रक्तदान कार्यक्रम आयोजना गरिएको मकवानपुर क्योकुशिन कराँते संघ बालकुमारीका अध्यक्ष बुद्रीनाथ न्यौपानेले जानकारी दिनुभयो ।


नन्दलाल दास, सुमन श्रेष्ठ, बिकास बलामी, दिपक सुबेदी,दुर्गा बहादुर घ्यावा,नेवा फोटोकपि हेटौडाको विशेष सहयोगमा संघका अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षतामा शुरु भएको कार्यक्रममा कार्यक्रम संयोजक श्री सुदर्शन खतिवडाले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक विष्णु श्रेष्ठ, सुमन कर्माचार्य,सुसन श्रेष्ठ,होम कुमार रेग्मी,नवीन जोशी,शिव नारायण श्रेष्ठ लगायतकाको उपस्थितीमा रहेको थियो ।