भरतपुर महानगरपालिका कांग्रेस सभापतिका उम्मेद्वारवार अख्तियारको निगरानिमा

गुगलपाटी संवाददाता भरतपुर
३१ भाद्र २०७८ १२:२१

नेपाली कांग्रेस चितवनका जिल्ला कमिटि सदस्य तथा आसन्न निर्वाचनका नगर सभापतिको  उम्मेद्वारवार तथा भरतपुर महानगरपालिका वडा नं २१ का अध्यक्ष चित्रसेन अधिकारी वडाको विकास निर्माणमा अनिमियता गरी उपभोत्ता सकिति र ठेकेदार संग रकम लिई गुणस्तरहिन काम गरेको भन्दै मंगलवार अख्तियारको टोलीले अनुगमन गरी आवाश्यक कागजात जफत गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैटौँडाबाट आएको टोलीले वडा अध्यक्ष चित्रसेन अधिकारी र उनका छोरा बिवेकसेन अधिकारीको नाममा सिभिल बैंक भरतपुरको खातामा बाटो निर्माण गर्ने उपभोक्ता समितिले पहिलो पटक १ लाख ७६ हजार रुपैँया र दोस्रो पटक २६ हजार रुपैँया गरी २ लाख ३ हजार रुपैँया जम्मा गरेको बैकं स्टेटमेन्ट सहितको कागजात जफत गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हैटौँडाबाट आएको जनक प्रसाद नेपालको टोलीले वडा नं २१ को केचन टोलको दुर्गाबाहादुर भट्रराईको घरदेखि गणेश मन्दिर सम्म र गोपाल सापकोटाको घर हुँदै मगर समाज सम्मको बाटो गा्रभेल गरी स्तरउन्नति गर्न वडा अध्यक्ष चित्रसेन अधिकारीले उपभोक्ता समितिलाई जिम्मा लगाएका थिए । उपभोक्ता समिति मार्फतनै वडा अध्यक्ष अधिकारीले पटक पटक पैसा लिई गुणस्तरहिन काम गरेको उजुरी परेपछि अख्तियारलेछानबिनका लागि बाटोकै अनुगमन र आवाश्यक कागजात नियन्त्रणमा लिई छानबिन अगाडि बढाएको बताईएको छ ।

जनताको सेवामा दिनरात लागि परेका बताउने अधिकारीले विकास निर्माणका सबै साना ठुला आयोजनामा बजेट अनुसार कोटा तोकी रकम असुली गर्ने गरेको अर्का उपभोक्ता समितिका अध्यक्षले नाम नबताउने शर्तमा बताएका छन । असुली काण्ड सतहमा आएसंगै नेपाली कांग्रेसको आसन्न निर्वाचनमा नगर अध्यक्षको उम्मेद्दावारी घोषणा गरी निर्वाचनमा होमिएको बेला यस घुस काण्डले अधिकारीको दाँतमा ढुगां लागेको छ भने नगरका कांग्रेसीहरुनै भ्रष्टचारीलाई नगरसभापति बनाउन नहुने बताउन थालेका छन । यस सम्बन्धि वडा अध्यक्ष चित्रसेन अधिकारी संग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । तेसोत अख्तियार दुरुपयोग आयोग हेटौँडाले वडा नं २५ का वष अध्यक्ष , वडा नं ८ का वडा अध्यक्ष दामोदर न्यौपानेले वडाको विकास निर्माणमा उपभोक्ता समितिहरु संग रकम लिने गरेको , उपभोक्ता समितिको रकम वडा अध्यक्षले लिएर बितरण गर्ने गरेको साथै गुणस्तरहिन काम र कतिपय अवस्थामा दोहोरो भुक्तानी समेत लिएको उजुरीको आधारमा छानबिन गरिरहेको अख्तियार स्रोतले बताएको छ ।