मधेसी समुदायको सशक्तीकरणको लागि अभिमुखीकरण कार्यक्रम
गुगलपाटी संवाददातामधेसी समुदायको सशक्तीकरणको लागि लोकसेवा तयारी कक्षा अभिमुखीकरण कार्यक्रम हेटौंडामा भएको छ । मधेसी आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तको प्रमुख आतिथ्य एवम् बागमती प्रदेश संयोजक आभा कुमारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौंडा नगर उप प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डे, लोकसेवा आयोग प्रदेश सचिव रामकृष्ण अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ्ग, अनुसन्धान प्रमुख प्रहरी उपरीक्षक पप्पु शर्मा पौडेल ,सशस्त्र प्रहरी गण प्रहरी नायब उपरीक्षक शैलेन्द्र श्रेष्ठ , सिनियर इन्जिनियर सत्यनारायण साह, संयुक्त मधेसी सेवा समाजका अध्यक्ष सुशील प्रसाद सेनुरिया, सिन्दुरिया समाज नेपालका अध्यक्ष राजाबाबु दास, कानु समाजका अध्यक्ष अजय कुमार गुप्ता, केसरी समाज नेपालका अध्यक्ष रन्जित केशरि, रौनियार सेवा समितिका जिल्ला सचिब शम्भु गुप्ता र कलवार सेवा समितिका उपाध्यक्ष रविरन्जन गुप्ता लगायतको उपस्थिती थियो । कार्यक्रममा प्रजिअ भरतमणि पाण्डे, लोकसेवा प्रदेश सचिव रामकृष्ण अधिकारी र सिनियर इन्जिनियर सत्यनारायण साहले लोकसेवाको महत्त्व र मधेसी समुदायको समावेसी सहभागीता बारेमा बोल्दै सहभागीलाई प्रशिक्षण गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि दत्त र कार्यक्रमका सभाध्यक्ष आभा कुमारिले सुषुप्त अवस्थामा रहेका मधेसी अभिभावकहरुलाई जागृत गराई मधेसी समुदायको सशक्तीकरण गराउदै प्रशासनिक क्षेत्रमा सहभागीता बढाउन बिद्यार्थी बर्गलाई उत्प्रेरित गर्न र स्थानीय सरकारलाई यस तर्फ ध्यानाकर्षण गराउनु कार्यक्रमको उदेश्य रहेको बताए । संयुक्त मधेसी सेवा समाज नेपालका सचिव नन्दलाल दासले सञ्चालन गरेको कार्यक्रममा मधेसी समुदायका विद्यार्थी र अभिभावक गरि ६० जनाको सहभागीता रहेको थियो ।