थुनेलो रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण तथा स्वास्थ्य सामाग्री हस्तान्तरण
कुमारी स्याङ्बो मकवानपुरबागमती प्रदेश दुग्ध विकास बोर्डले दुग्ध उत्पादक कृषकहरुलाई थुनेलो रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण गर्नुका साथै थुनेलो रोगबाट बच्न स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेको छ ।
बागमती प्रदेश दुग्ध विकास बोर्डको आयोजनामा प्रदेश भित्र दुध उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको मकवानपुर, चितवन र काभे्रका किसानहरुलाई लक्षित गरि स्थलगत रुपमा कार्यक्रम आयोजना गरेर थुनोलो रोग सम्बन्धि अभिमुखिकरण गरेको हो ।
कार्यक्रमबाट पकेट क्षेत्रका किसानहरु सामान्यतया थाहा पाउने र नपाउने थुनोलो रोगले पिडित रहेको र दुधको उत्पादन लिन नसकिरहेको अवस्थामा यस्ता कार्यक्रमले किसान लाभान्वित हसनका साथै प्रदेश भित्र दुधको उत्पादन समेत बढ्ने बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाबल्लभ सापकोटाले बताउनु भयो ।
प्रय धेरै दुध दिने पशुहरुमा देखिने थुनोलो रोगले दुग्ध उत्पादनमा ह्रास आउने मात्र नभई पशुको मृत्यु समेत हुने गरेकोले दुग्ध उत्पादक कृषकहरु सहित सरोकारवालाहरुको उपस्थितीमा किसानहरुको प्रमुख समस्या थुनेलो रोग भएकाले रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण गर्नुका साथै थुनेलो रोगबाट बच्न स्बास्थ्य सामाग्री समेत हस्तान्तरण गरिएको बोर्डका अधिकृत डा. उमेश थापाले बताउनु भयो ।
हात्तिसुडेँ दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष तोयानाथ दाहालले किसालहरुले कतिपय रोग थाहा नपाउदा पनि बाध्य भएर विभिन्न दुःख पाउनु परेको बताउँदै बोर्डले प्राविधिक सहयोग गरेमा पनि किसान लाभान्वित हुने बताउनुभयो ।
बोर्डले थुनेलो नियन्त्रणका लागि टिट डिप कप, टिट डिपिङ केमिकल किसानहरुलाई हस्तान्तरण गरेको थियो भने स्थानिय पालिका र स्थानीय दुग्ध उत्पादक सहकारी संस्थालाई सि एमटी रिएजेन्ट र प्यान्डल वितरण गरेको बोर्डका निर्देशक डा. सजिना ज्ञवालीले बताउनु भयो ।