मानवअधिकार शिक्षा विद्यार्थीलाई बाड्दै गुणराज

गुगलपाटी संवाददाता
६ फाल्गुन २०७९ १०:५२

१३ वर्षको उमेरदेखि नै स्काउटमा आबद्ध रहदै स्काउटको विश्व ज्याम्वोरिमा बेलायत पुगेपछि त्यहीँ मानव अधिकार शिक्षाको विषयमा थाहा पाएका गुणराज प्याकुरेलले बेलायतबाट नेपाल फर्कनासाथ उनले आफ्ना नजिकका केही साथीहरुसँग सहकार्य गर्दै आफ्नो नेतृत्वमा युथ फर ह्युमन राइट्स नेपाल नामक संस्था स्थापना गरेर मानव अधिकार शिक्षालाई विद्यार्थी बिच बाडदै आएका छन् ।
प्याकुरेल सन २०११ सालदेखि दर्ता भई नेपालमा सक्रिय रहेको युथ फर ह्युमन राइट्स नेपाल युथ फर ह्युमन राइट्स संस्थाले राष्ट्रिय मानव अधिकार आयोगसँग सहकार्य गर्दैे पूर्वको झापादेखि सिन्धुपाल्चोकसम्म ३६ वटा जिल्लामा शाखा विस्तार गरि काम गरिरहेको छ ।


‘हामी सबै उमेरका व्यक्तिहरुलाई मानव अधिकार शिक्षा दिइरहेका छौं । वार्षिक रुपमा झण्डै १२ हजार व्यक्तिहरुलाई प्रशिक्षण गरिरहेका छौं । हामी उनीहरुलाई मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रका ३० वटा बुँदाबारे प्रशिक्षण दिन्छौं’, अध्यक्ष प्याकुरेलले बताए ।
प्याकुरेलका अनुसार विद्यालय, कलेज , संध संस्थाका प्रतिनिधि र सशस्त्र प्रहरी बलका जवानहरुलाई मानवअधिकार सम्बन्धी कानूनबारे प्रशिक्षण दिइन्छ । यसमा अडियो र भिजुअल प्रविधि अपनाइन्छ ।
पूर्वजको थलो काभ्रे भए पनि हाल काठमाडौंको पुरानो वानेश्वरमा बस्दै आएका प्याकुरेल सन् २००७ देखि मानव अधिकार शिक्षामा रहेका छन् । मानव अधिकार क्षेत्रमा आउनु अघि उनि वित्तिय संस्थामा जागिर थिए ।
उनले मानव अधिकार शिक्षाकै विषय तथा विपत व्यवस्थापनको कामका लागि फिलिपिन्स , बंगलादेश, भारत, श्रीलंका, अमेरिकाको भ्रमण गरिसकेका छन् । प्याकुरेललाई मानवअधिकार र प्राकृतिक प्रकोपमा कार्य गरेकोमा २०१४,२०१५,२०१७ मा युथ फर ह्युमन राइट्स ईन्टरनेश्नलले हिरो अवार्ड प्रदान गरेको छ भने नेपाल स्काउटबाट विपद उद्धार पदक २०७३ ,कोभिड –१९ नियन्त्रण सेवा पदक २०७७, प्रदान गरेको छ । मानव अघिकार शिक्षा र विपत् उद्दार योगदान गरेका प्याकुरेललार्ई युनिभर्सल तामिल युनिभर्सिटीले मानार्थ विधा वारिधि प्रदान गरेको छ ।