प्रथम वडा अध्यक्ष च्याम्पियनशिप फुलकन्ट्रयाक्ट क्योकुशिन कराते प्रतियोगिता सम्पन्न
गुगलपाटी संवाददातामकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION उप शाखा हर्नामाडी क्योकुशिन कराते संघको आयोजनामा प्रदेश स्तरीय “प्रथम वडा अध्यक्ष च्याम्पियनशिप फुलकन्ट्रयाक्ट क्योकुशिन कराते प्रतियोगिता २०७९ सम्पन्न भएको छ । बागमपती प्रदेशका १३ जिल्लाका खेलाडीहरुको सहभागीता रहेको प्रतियोगिता प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री माननीय एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
संघका शाखा अध्यक्ष भिम लामा लोप्चनको सभाध्यक्षतामा संचालित प्रतियोगितामा बिशिष्ट अतिथिमा हेटौडा उपमहानगरपालिका वडा न १८ का वडा अध्यक्ष अनिल बानिया, केन्द्रिय उपाध्यक्ष बिष्णु श्रेष्ठ , जिल्ला अध्यक्ष बुद्धि नाथ न्यौपाने ,स्थानीय पार्टी प्रतिनिधि संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा महिला ५५ केजी तौल समुहमा प्रथम लक्ष्मी थिङ्ग (मकवानपुर ),द्वितीय स्नेहा महतो (सिन्धुली ),तृतीय समृद्धि सापकोटा ( मकवानपुर ),ज्योति लुङ्वा (मकवानपुर ),४५ केजी तौल समुहमाप्रथम आयशा बल (मकवानपुर )द्वितीय रेश्मा थापा (मकवानपुर )तृतीय सुनिता स्याङ्तान (ललितपुर )सुस्मिता बम्जन मकवानपुर )पुरुष ३५ केजी प्रथम सबिन तमाङ्ग (ललितपुर )द्वितीय रिदम रानामगर (मकवानपुर )तृतीय समीर रुम्बा (नुवाकोट )कृष्चियन मोक्तान (नुवाकोट )पुरुष ५० केजी प्रथम सवन प्रजा (नुवाकोट )द्वितीय रोहित थापा (मकवानपुर )तृतीय दिपेन्द्र गोले (मकवानपुर )तृतीय नार्गिस बुढामगर (मकवानपुर पुरुष ५५केजी माथि प्रथम मनिष गोपाली ( मकवानपुर )द्वितीय सुसान्त तमाङ्ग ( काठमाडौ )तृतीय दिनेश बम्जन ( ललितपुर )तृतीय सरोज पाख्रीन ( ललितपुर )हुनु भएको थियो । प्रतियोगितामा विजयी खेलाडीहरु नगद पुरस्कार प्रथम द्वितीय तृतीय २ जनालाई जनही क्रमश दश हजार, पाँच हजार,दुई हजार पाँचसय र दुई हजार पाँचसय व्यवस्था गरिएको थियो । वाग्मती प्रदेश का १३० जना खेलाडीहरुको सहभागिता रहेको पुरुष ३ तौल समुह र महिला २ तौल समुहमा खेल खेलाईएको कार्यक्रम संयोजक सुदर्शन खतिवडा ले वताए । उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पुर्व खेलाडी दिपेन्द्र घलानले व्यक्तिगत नगद ५,०००÷= हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा मकवानपुर क्योकुशिन कराते का संस्थापक खेलाडीद्वय बुद्धि नाथ न्यौपाने, बिष्णु श्रेष्ठ, प्रशिक्षकद्व्य शिव नारायण श्रेष्ठ , कमल बराल , पुर्व राष्ट्रिय खेलाडी दिपन्द्र घलानलाई बिशिस्ट अतिथि अनिल बानिया ज्यु बाट नगद पुरस्कार ,सिल्ड,मेडल,प्रमाणपत्र वितरण गरिएको थियो । सुष्मा खतिवडाले सञ्चालन गर्नु भएको कार्यक्रममा जय देसार, बुद्धि नाथ न्यौपाने ,राज कुमार महतो मुख्य जुरि र कृष्ण सुबेदी, गणेश चौधरी मुख्य निर्णायक , सुसन श्रेष्ठ ,अमीर श्रेष्ठ ,सीता श्रेष्ठ ,सुमन कर्माचार्य , सुजाता भुजेल , सुजन स्याङ्गतान,जुगली दास,लगायत निर्णायकको भुमिकामा रहेको थियो ।