सामुदायिक प्रहरीको होली सचेतना कार्यक्रम सम्पन्न
गुगलपाटी संवाददातासामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरको आयोजनामा हेटौंडा ९ स्थित कृष्ण आदर्श आवासीय माविमा होली पर्वको शुभकामना आदान प्रदान तथा सचेतना मुलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा केन्द्रका अध्यक्ष बिष्टले हाम्रा धर्म संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउदै होली पर्व पनि सभ्य र सुरक्षित भइ खेल्नको आग्रह गर्दै विविध कानुन तथा व्यवहारीक पक्षका बारेमा जानकारी गराउदै शान्तिपूर्ण समाज निर्माण गर्न सबै नागरिक सचेत भई होली पर्व मनाउनु पर्नेमा जोड दिएका थिए । त्यसै गरि ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख सुमन बाँनियाले होली पर्व अराजक तरिकाले मनाए धनजनको क्षति पुग्ने बताउदै सभ्य र अनुशासित भएर खेल्न उपस्थित विधार्थी भाई बहिनीहरूलाई सचेत गराएका थिए । सोही अवसरमा जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रसनि श्रेष्ठले ट्राफिक नियमको बारेमा जानकारी गराएका थिए ।
कृष्ण आदर्श आवासीय माविका संस्थापक अध्यक्ष नवीन केसीको प्रमुख आतित्थ्यता र केन्द्रका अध्यक्ष राम बिष्टको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा विधालयका प्राचार्य दुर्गा भट्टराई ,ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख सुमन बाँनिया,जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रसनि सुर्य बहादुर श्रेष्ठ,सामुदायिक सेवा केन्द्र मकवानपुरका सचिव रमिला सापकोटा,सदस्य अच्युतराज मिश्र,सिताराम पौडेल ,नबराज कोइराला,विधालयका शिक्षक,शिक्षिका लगाएत कक्षा ५,६,७,८,९ र १० का विधार्थीको सहभागीता रहेको थियो ।