प्याव्सन मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी
गुगलपाटी संवाददातानिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार हेटौंडामा भएको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की, उपाध्यक्षमा नविन केसी र लक्ष्मी श्रेष्ठ, सचिवमा विष्णुहरि सुवेदी, कोषाध्यक्षमा उपेन्द्र सुवेदी, सहसचिवमा रामबाबु सापकोटा, सहकोषाध्यक्षमा भरत सापकोटा चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा रिना आचार्य ,रमिता पाण्डे र गिता आचार्य चयन हुनुभएको छ । प्याव्सन मकवानपुरमा सदस्य रहेका ६२ विद्यालयमध्ये ५४ वटा विद्यालय मात्र नवीकरण भएको समितिका अध्यक्ष बिनोद सुबेदीले बताउनु भयो ।
प्याव्सन केन्द्रीय समितिका अध्यक्ष डीके ढुंगानाको प्रमुख आतिथ्य, प्याव्सन बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठको विशेष आतिथ्य रहेको साधारणसभा तथा अधिवेशनको नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।
प्याव्सन मकवानपुरले लामो समय देखि पत्रकारिता मार्फत शिक्षा क्षेत्रमा योगदान पुर्याउने कान्तिपुर टेलिभिजनका बाल कृष्ण अधिकारी ,कान्तिपुर दैनिकका सुभास बिडारी र हिमालयन टेलिभिजनकी जमुना तामाङलाई जनही नगद ५ हजार सहित सम्मान गरेको थियोे ।