मउवा संघ उद्योगतर्फ महिला आरक्षण सदस्य पदमा मेनका श्रेष्ठको उम्मेदवारी दर्ता

गुगलपाटी संवाददाता
२५ पुष २०८१ १३:०६

बिगत १२ बर्षदेखि मकवानपुरमा रहेर टेलरिङ्ग व्यवसाय गर्दै आउनुभएकी युवा व्यावसायी मेनका श्रेष्ठले मकवानपुर उद्योग बाणिज्य संघको उद्योगतर्फ महिला आरक्षण सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
घरबाटै टेलरिङ्ग व्यावसाय सुरुवात गर्नुएभएकी श्रेष्ठले २०६३ देखि विभिन्न संघ सस्थाको सहकार्यमा टेलरिङ तालिम सञ्चालन गर्दै आउनुभएको छ । उहाँले २०६९ सालदेखि जय प्रकृति सिलाई  प्रशिक्षण केन्द्र  सन्चालन गर्दै आउनु भएको छ   श्रेष्ठले महिला समुहसँग मिलेर खोलिएको हेटौंडा गर्मेण्ट उधोगको अध्यक्ष भएर गार्मेण्ट उधोग  सञ्चालन गर्दै २५ जनालाई प्रत्यक्ष र थप ७ जना लाई अप्रत्यक्ष रोजगार सृजना गरि आर्थिक बिकासमा टेवा पुर्याउदै आउनु भएको छ ।
२०७२ देखि उधोग बाणिज्य संघ मकवानपुरको सदस्याता लिदै उधोग वाणिज्य संघको महिला उद्यमी समितिमा रहेर काम गरिसक्नु भएकी श्रेष्ठ विशेष गरि सिटिइभिटीको प्रशिक्षक एवं  परीक्षा निरीक्षक भएर काम गर्दै आउनु भएको छ । स्काउट लगाएत सामाजिक संघसस्थाहरुको नेतृत्व लिएर  काम गर्नुभएकी श्रेष्ठ नेपाल उधोग बाणिज्य महासंघ  बागमती प्रदेश महिला समितिको सह संयोजक रहदा विभिन्न कार्यगरी बस्नु भयेको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघको अघिल्लो कार्यकालमा थोरै मतले उद्योग तर्फको महिला आरक्षण सदस्य पदमा उपविजेता हुनुभएस्का श्रेष्ठले उद्योगी ब्यवसायीको हकहितमा काम गर्न पुनः  सोही पदमा उम्मेदवारी दिनुभएको छ । ‘यसपटक मलाई सबै व्यवसायीहरुको माया र साथ रहेने अपेक्षा गरेको छु’, उहाँले भन्नुभयो, ‘व्यवसायीहरुको हौसला र प्रेरणाले उम्मेदवारी दिएको छु ।’नेवारी समुदायको संस्था नेवा: गुठी खल: मकवानपुरको जिल्ला उपाध्यक्षको भूमिकामा रहनुभएकी श्रेष्ठले व्यवसायीका पेशागत सुरक्षा र महिला उद्यमीहरुलाई  विशेष तालीम र प्रशिक्षण दिदै महिलालाई उधमी बनाउदै आर्थिक समृद्धिमा ब्यवसायीलाई जोड्न पहल गर्ने बताउनुभयो । अनिल अग्रवालको टिमबाट उम्मेदवारी दिनुभएकी श्रेष्ठले   सबै व्यवसायीलाई अग्रवालको  टिमका पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ ।