भाषण कला तथा नेतृत्व क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

गुगलपाटी संवाददाता हेटौंडा,२८ जेठ
२८ जेष्ठ २०७५ १५:१४

आदिवासी जनजाति संघसंस्थाका पदाधिकारीका लागि २ दिने भाषण कला तथा नेतृत्व क्षमता अभिबृद्धि कार्यक्रम सोमबार हेटौंडामा सकिएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेतृत्व, असल नेतामा हुनुपर्ने गुणहरु, जनसम्पर्कका मुख्य ६ तत्व, नेतृत्वका गुणहरु, नेताको भुमिका, कर्तव्य, विशेषताहरु, नेतृत्व शैली, प्रभावकारी सञ्चार सीप, सञ्चारको तत्वहरु, भाषणका प्रकार, तयारी लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा मकवानपुरमा क्रियाशील आदिवासी जनजाति संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।कार्यक्रममा नेपाल युवा मगर संघका अध्यक्ष अशोक सारु मगर र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मध्यमाञ्चलका निवर्तमान संयोजक कुमार नेगीले सहजिकरण गरेका थिए । कार्यक्रमको समापन नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सहभागी नेपाल मगर संघका जिल्ला सदस्य उर्मिला पुलामी र तमु ह्युल छोंज धिंका जिल्ला प्रचार सचिव चन्द्रबहादुर गुरुङ्गले कार्यक्रम समयसापेक्ष, प्रभावकारी र उपलब्धीमुलक भएको बताए ।