टम्प र कीमबीचको एक्लाएक्लै बार्ता सम्पन्न(अपडेट)
गुगलपाटी संवाददाता सिंगापुरअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता समाप्त भएको छ । भेटवार्ता सकिएपछि किमले ट्रम्पलार्इ अंग्रेजीमा भने,’नाइस टु मिट यु, मिस्टर प्रेसिडेन्ट’
सिंगापुरको स्यान्टोसा द्वीपमा अवस्थित क्यापेला होटलमा भएको यो भेटवार्ता करिब ५० मिनेटसम्म चलेको थियो । अहिले दुवै नेता आफ्ना देशका वरिष्ठ सलाहकार र सहयोगी दलसँग बैठक गरिरहेका छन् ।
अमेरिकाको तर्फबाट यस बैठकमा राष्ट्रपति ट्रम्पसँगै विदेश मम्त्री माइक पोम्पियो, व्हाइट हाउसका चीफ अफ स्टाफ जोन कैली र सुरक्षा सलाहकार जोन बोल्टन रहेका छन् ।
अर्कातर्फ उत्तर कोरियाका नेता किम जोङ्ग उनसँग उनका सबैभन्दा निकट सहयोगी किम योङ्ग चोल रहेका छन् । यसका साथै विदेश मन्त्री री योन्ग हो र पूर्व विदेश मन्त्री री सु योङ्ग पनि रहेका छन्।
दुवैले आपसमा हात मिलाएर ऐतिहासिक भेटवार्ता सुरू गरेका थिए । होटलको लाइब्रेरी दुर्इजनाबीच वार्ताका लागि जानुअघि दुवै नेताले एक छोटो पत्रकार सम्मेलन गरे ।
यस क्रममा डोनल्ड ट्रम्पले भने, ‘म धेरै राम्रो महसुस गरिरहेको छु । हामीबीच शानदार वार्ता हुनेवाला छ र मलार्इ लाग्छ यो वार्ता जबरजस्त रूपमा सफल हुनेछ । यो मेरा लागि धेरै सम्मानजनक हो र यो वार्ताले हामीबीच धेरै उत्कृष्ट सम्बन्ध स्थापित गर्छ भन्नेमा कुनै दुर्इ मत र शंका छैन ।’
किम जोङ्ग उनसँ भेट गर्नुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले एक ट्वीट गरेका थिए । जसमा यस बैठकलार्इ लिएर उनी आफैँ आशंकामा रहेको देखिन्थ्यो । ट्रम्ले लेखेका थिए, ‘दुर्इ पक्षका सदस्यहरूबीच सबै कुरा राम्रो चलिरहेको छ। तर यसले मात्रै सबै कुरामा अर्थ राख्दैन । यो भेटवार्ताले कुनै असल सम्झौता हुन सक्छ या सक्दैन चाँडै पत्ता लाग्नेछ ।’
आशंका एक ठाउँमा छ तर विश्वभर यो वार्ताले उत्साह जगाएको छ। विश्वका धेरै मानिसले एक अर्कालार्इ १८ महिनासम्म आक्रमणको धम्की दिइरहेका दुर्इ देश मिलेर शान्ति स्थापना अघि बढेको हेर्न चाहेका छन् । यसैका लागि जब हिजो किम जोङ्ग उन सिंगापुरमा घुमिरहेका थिए, त्यो बेला सिंगापुरमा मात्रै नभएर विश्वभरले बेग्लै खालको उत्साहको माहोल ल्याएको थिय । एजेन्सीको सहयोगमा