हेटौंडाको आँखा अस्पतालमा दोश्रो पटक आँखाको नानी संकलन

गुगलपाटी संवाददाता हेटौंडा,३० जेठ
३० जेष्ठ २०७५ ०८:२४

मकवानपुरको हेटौडामा दोश्रोे पटक आँखाको नानी संकलन गरिएको छ ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ निवासी प्रेम लाल श्रेष्ठ र टिकालाल श्रेष्ठले आफ्ना पिता स्वर्गीय सर्गलाल श्रेष्ठको आँखाको नानी दान गरेका हुन् । मानिसको मृत्यु पश्चात जलेर खरानी हुने आँखाको नानी दान गरी दृष्टि विहिनहरुलाई दृष्टि प्रदान गर्न आफ्नो बुवाको आँखा दान गरेका जेष्ठ सुपुत्र प्रेमलाल श्रेष्ठले बताए ।

हेटौडा सामुदायिक आँखा अस्पतालका प्राविधिकले नानी संकलन गरी अस्पतालमा राखिएको छ । उक्त नानी आवश्यक अन्य दृष्टिविहिनहरुलाई प्रत्यारोपण गर्न तिलगंगाा आँखा प्रतिष्ठान काठमाण्डौ लगिने सामुदायिक आँखा अस्पताल हेटौंडाले जनाएको छ ।