अन्तत : अस्ताए डाक्टर देवकोटा
गुगलपाटी संवाददाता काठमाडौंवरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ ।
पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
लामो समय बेलायतमा उपचार गराएका डा. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए ।
उनको चाहना अनु्सार गत हप्ता गृहजिल्ला गोरखा लगिएको थियो ।बाँसबारी न्यूरो अस्पतालले सोमबार सांझ एक बिज्ञप्ती जारी गर्दै देवकोटाको निधन भएको पुष्ठी गरेको छ । डाक्टर देवकोटाको काजक्रिया सात दिनमा सकिने र क्रियामा श्रीमती र उनका तीन छोरी बस्ने कुरा उल्लेख छ ।