बस्नेतबाट आर्थिक सहयोग
गुगलपाटी संवाददाता हेटौडा,१२ असार हेटौडा उपमहानगरपालिका वडा नंं २ मा अवस्थित साझा ल फर्मका संचालक अधिवक्ता उत्तमकुमार बस्नेतले हेटौडा सामुदायिक आखा अस्पतालमा मोतिविन्दुको शल्यक्रिया गर्न आएका हेटौडा उपमहानगरपालिका वडा नंं १५ का चैते राईलाई उपचार खर्च सहयोग गरेका छन् ।
अधिवत्ता बस्नेतको बुवाको आखाको शल्यक्रिया पश्चात बुवाले व्यक्त गर्नु भएको खुशीबाट आफू प्रभावित भएकोले अस्पतालमा विपन्न परिवारको आखाको शल्यक्रियाको खर्चकोलागि आफू तयार रहेको बताएका थिए ।
परिवारको आर्थिक श्रोत राम्रो नभएका चैते राई स्थानीय सहयोगीका साथ आखा जाच गराउन आउदा उनको आखामा मोतिविन्दुको शल्यक्रिया गर्नु पर्ने देखिएपछि अस्पतालले अधिवक्ता बस्नतेलाई सम्पर्क गरेको थियो ।