डा.गोबिन्द केसीको स्वास्थ्य नाजुक
गुगलपाटी संवाददाता जुम्लाकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमै अनसरनतर डा.केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ । आमरण अनसन बसेको नवौ दिनसम्म पुग्दा डा. केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको डा. केसीको उपचारमा संलग्न चिकित्सकहरुको टोलिले बताएको छ ।हाल डा. केसीको शरिरको मासु बाउँडिने, चक्कर लाग्ने, सेतो रक्तकोषहरु क्रमिक रुपमा घटेको र पिसावमा किटोन बढी भएको चिकित्सहरुले दैनिक स्वास्थ्य प्रतिवेदनमा उल्लेख गरेका छन् । अहिले पिसावमा किटोन बढी देखिएकाले आईभी फ्ल्यूड दिईराखेको उपचारमा खटिएका चिकित्सक टोलिका संयोजक डा. प्रविण गिरीले बताए ।
‘डा.केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएकाले जतिखेर जे पनि हुन सक्छ,’ उनले भने, ‘हामीले सक्ने जतिको उपचार गरिरहेका छौं तर उनलाई पाँच दिनसम्म कैदीबन्दी सरह फोहोर कभडहलमा राखिएकाले पछि असर परेको हुनसक्छ ।’
नेपाल चिकित्सक संघको टोली जुम्लामा
नवौ दिन देखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न र आन्दोलन प्रति ऐक्यबद्धता जनाउन नेपाल चिकित्सक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्षको टोली जुम्ला पुगेको छ ।
चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष प्रा.डा. ढुण्डिराज पौडेल र सह कोषाध्यक्ष डा.प्रकाश बुढाथोकीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनसनरत डा. गोविन्द केसीलाई भेटि आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । काठमाडौंमा अनसनरत हुँदा दैनिक भेटघाट भएर आन्दोलनका कार्यक्रमअरु सार्वजनिक गर्ने गरेपनि यस पटकको १५ औं आमरण अनशन कर्णालीमा भएकाले भेटघाट हुन नसक्दा आन्दोलनका कार्यक्रमहरु कसरी अघि बढाउने भन्ने विषयमा अलमल परेको चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष ढुण्डिराज पैडेलले बताए ।