पर्साको एक सरकारी भवनमाःजहाँ यस्तो हर्कत भइरहेको छ
कृष्णउदास खनाल वीरगन्जजिल्ला शिक्षा कार्यालय र सरोकारवलाहरुको लापारवाहीका कारण पर्साको बहुदरमाइ नगरपालिका –८मा रहेको रामनगरीस्थित नारायणी सिंचाई व्यवस्थापन डिभिजन कार्यालयको भवन बिगत पाँच वर्षदेखि कब्जा गरी निजी विद्यालय सञ्चालन गरिएको छ।
देवनन्दन देवराज माध्यमिक विद्यालयसँग टासिएर रहेको सिंचाइ कार्यालयको १० कोठे भवनमा २०६९ सालदेखि श्री दुर्गा एकेडेमी सञ्चालन गरिएको हो।पीजीदेखि कक्षा तीनसम्मको पठन पाठन हुँदै आएको उक्त निजी विद्यालयमा एक सय ९२ जना विद्यार्थी रहेको पाइएको छ । विद्यालयले पीजी र नर्सरीका विद्यार्थीबाट तीन सय, एल केजीका विद्यार्थीबाट तीन सय २५ , यूएकेजीका विद्यार्थीबाट तीन सय ५० , कक्षा एक विद्यार्थीबाट तीन सय ७५ , दुई कक्षाबाट चार सय र कक्षा तीनका विद्याथीबाट चार सय २५ रुपैया मासिक शुल्क लिदै आएको स्थानीय अभिभावकहरुले जानकारी दिएका छन् ।
दुर्गा एकेडेमी नामको कुनै पनि निजी विद्यालयले अनुमति पत्र नलिएको पर्साका जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजकले बताए। नारायणी सिंचाई व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख राजेन्द्र साहले रामनगरीमा रहेको सिंचाइ कार्यालयको पुरानो भवनमा निजी विद्यालय सञ्चालनका लागि स्विकृती नदिएको जिकिर गरेका छन् तर बिद्यालय भने संचालनमा छ । उनले बिद्यालय भवन कब्जा भएको पाइने खाली गराइने बताए । दुर्गा एकेडेमीका प्रिन्सिपल रञ्जनकुमार शर्माले वर्षौदेखि प्रयोग विहीन अवस्थामा रहेको सिचाइ कार्यालयको भवनका १० वटा कोठा रंगरोगन गरी विद्यालय सञ्चालन गरेको बताए। स्थानीयहरुको चहनामालाई ध्यानमा राखेर आफूले बिद्यालय संचालन गरेको उनले दाबी गरेका छन् ।