उपमहानगरपालिका बिरुद्ध आफ्नै पसल बन्द गरे ब्यवसायीले
गुगलपाटी संवाददाता हेटौंडा,१४ साउनपार्किङको बिषयमा मकवानपुर उधोग बाणिज्य संघ र हेटौंडा उपमहानगरपालिकाबीचको द्वन्द चर्कन थालेको छ । पार्किङ व्यवस्थापनको विषयमा हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले उद्योग वाणिज्य संघसँग सहकार्य नगरेको भन्दै आन्दोलनमा उत्रिएका मकवानपुरका उधोगी ब्यवसायीहरुले सोमबार आफ्ै पसल बन्द गराएका छन् । मउवासंघको अगुवाइमा भएको आन्दोलन अन्र्तगत सोमबार हेटौंडा बजार बन्द गरिएको हो ।
उपमहानगरको कार्यशैलीको विरोधमा व्यवसायीले बिहानदेखि ११ बजेसम्म बजार बन्द गरिएको थियो। पार्किङ व्यवस्थापन गर्दा व्यवसायीलाई मार नपर्ने गरी गर्न माग गरेको मउवासंघको मागलाई समर्थन गर्दै व्यवसायीले आफ्नो व्यापार व्यवसाय बन्द गरेर विरोधमा उत्रिएका हुन् । आन्दोलनको कार्यक्रम अनुसार साउन १६ गते हेउमनपा कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको मउवासंघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिएका छन् यद्यपी हेटौंडा उपमहानगरपालिकाले भने पार्किङको बिषयमा लफडा नगर्न उधोगी ब्यवसायीलाई आग्रह गरेको छ ।