उम्मेदवार छनोट गर्न एमालेको स्थायी समिति बैठक जारी

गुगलपाटी संवाददाता
१२ कार्तिक २०७४ ०७:३३

दोश्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र बाँडफाँड र उम्मेदवार छनोटका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी समिति बैठक जारी छ। बैठक पार्टी उपाध्यक्ष वामदेव गौतमको निजी निवास भैंसेपाटीमा बसिरहेको छ।

बैठकमा कार्यदलले तयार पारेको सुचीमाथि छलफल भइरहेको छ। यस्तै, दलहरुले गत २८ गते निर्वाचनमा पेस गरेको समानुपातिक उम्मेदवारको नाम सच्याउने अन्तिम दिन आइतबार भएकाले सूची सच्याउने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

एमाले र माओवादी केन्द्रका शिर्षस्थ नेताहरु र एकता संयोजन समितिको शनिबार बसेको बैठकले ७२ जिल्लाको प्रत्यक्षतर्फको उम्मेदवारी टुंग्याएको थियो भने पाँच जिल्लाको उम्मेदवारी टुंग्याउन बाँकी रहेको थियो।

उम्मेदवारी टुंगिन बाँकी रहेका पाँच जिल्लाका विषयमा पनि बैठकमा छलफल गरिने बताइएको छ।

 

प्रकाशित १२ कार्तिक २०७४, आइतबार | 2017-10-29 12:43:13