बोलबमको बहानामा ‘बियर बम’ बढ्दै
गुगलपाटी संवाददातासाउन महिनाभर शिवालयमा जल चढाउने तथा पूजाआजा गर्ने भक्तजनहरुको भीड लाग्ने गरेको छ । त्यस्ता भक्तजन एवम् तीर्थयात्रीहरुले बोलबम, डाकबम, दण्डवत बमलगायत विभिन्न उपनाममले चिनिन्छ र पुकारिन्छ । तर, पछिल्लो समय बमको अगाडि अर्को उपनाम थपिन थालेको छ ‘बियर बम’ ।
बोलबमको तीर्थयात्रीको भेषमा नेपाल आउने भारतीयहरुले नेपालतर्फ बियरलगायतका मदिरा पिउने गरेका छन् । भारतको सीतामाडीनजिक मढिया मन्दिरमा चढाउन भन्दै सर्लाही जिल्लास्थित बाग्मती नदीमा जल लिन आउने कतिपय तिर्थयात्रीहरु मदिरा पाइने कोल्डस्टोर्स तथा होटलहरुमा पसेर बियर पिउने गरेको प्रत्यक्षदर््श्शी ले बताएका छन् ।
मढिया मन्दिरमा साउनको हरेक आइतबार चढाउने जल लिन शुक्रबार र शनिबार बाग्मती नदीमा सयौं भारतीयको भीड लाग्ने गर्दछ । जल लिन आउने बाहानामा कतिपय भारतीयहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर, हरिवन, नयाँरोडलगायत बाग्मतीका होटल तथा कोल्डस्टोर्समा बियरलगायतका मदिरा पिउने गरेका हुन् ।
भारतको बिहार राज्यभर त्यहाँको मदिरामा प्रतिबन्ध लगाएपछि भारतीयहरुले बोलबम यात्रालाई नेपाल आएर मदिरा पिउने अवसरका रुपमा उपयोग गरेका हुन् । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।