मनहरीमा ट्राफिक ब्यवस्थापनमा चुनौती

जयराम मोक्तान मनहरी,२१ साउन
२१ श्रावण २०७५ १३:५६

पश्चिम मकवानपुरको मनहरी बजारमा सवारि साधनको चाप बृद्धी संगै बजारको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त देखीएको छ ।
साना तथा ठुला सवारि साधनहरु मुख्य राजमार्गको छेउछाउमा अब्यबस्थीत तरिकाले पार्किङ गर्नु तथा अब्यबस्थीत तरिकाले फुटफाते खुद्र पसलहरु बाटोको छेउछाउमा राखी पसल सञ्चालन संगै बजारको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त हुन थालेका हो । बिशेष गरि मनहरि आसपासमा सञ्चालन हुने अटो रिक्सा, मकवानपुर साँझा यातायात ,म्याजिक तथा ई क्सिा को संख्यामा अत्याधिक बृद्धी तथा अब्यबस्तीत पार्कीङे संगै ट्राफिक ब्यबस्थापन अस्तब्यस्त देखीएको हो । ट्राफिक ब्यबस्थापनमा समस्य देखीए संगै मनमहरि बजारको सुन्दरता पनि कुरुप भएको छ । मनहरि बजारमा हाल एक सय भन्दा बढी आटो , ७ सात वटा भन्दा बढी म्याजि तथा केही महिना अघि देखी सञ्चानमाा आएको मकवानपुर साभm यातायात ७ वटा सञ्चालनमा रहेका छन । मनहरि बजारको आकार भन्दा अटो लगाएतका सवारिको चापमा बृद्धी संगै पैदाल यात्रा गर्ने गात्रुहरुको लागी समस्य उत्पन्न भएको छ । मुख्य राजमार्गको वरिपरि अटो म्यामजि लगाएतका सवारिहरु पर्किङ गरिरहे पनि इलाका प्रहरि कार्यलय मनहरिका ट्राफिक भने मौन रहेका छन । मकवानपुर साभm यातायातले मनहरि बजारको सडक छेवाउमै आफ्नो टिकट काउन्टर बनाई अब्यबस्तीत तरिकाले सञ्चालन गरिरहेको छन ।
त्यसै गरि मुख्य राजमार्गको छेउछाउमा माछा मासु फलफmुल फस्टफुट लगाएतका पसलहरु सञ्चलनले गर्दा बजार अस्तब्यस्त भएको छ । मनहरिका भित्री बाटोहरु पनि सानो भएकाले पैदल यात्रुहरु कतै सवारी साधनले हान्ला भनेर डराएर हिड्नु पर्ने बध्यता रहेको छ । ट्राफिक ब्यबस्थापनमा सम्बन्धित निकायले ध्यान नदिएमा पैदल यात्रुहरु ठुलो दुर्घटनामा देखीन्े सम्भावन बढेको छ ।