मनहरीमा रातभर हात्तीको ताण्डव

जयराम मोक्तान मनहरी,२३ साउन
२३ श्रावण २०७५ ०२:२१

पश्चिम मकवानपुरको मनहरीमा जंगाली हात्तीको आतङका झन बढ्न थालेको छ । गएराती मनहरि ६ नयाँबस्तीमा एउटा जंगली हात्ती प्रवेश गरि एक घर भत्काउनुका साथै किसानहरुको धान बाली नष्ट गरेको छ । राती कारिब १ बजे तिर जंगली हाक्ती बस्तीमा प्रवेश गरि मनहरि ६ नयाँ बस्तीका इन्द्र कुमार घलानको एक काठे घर पुर्ण रुपमा भत्काएको छ भने जय बहादुर मुक्तानको करिब ३ कठ्ठामा लगाएको धनबली पनि नष्ट गरेको छ ।त्यसं गरि मनमहरि ६ कै डल्ले राईको भान्सा कोठामा पनि हाक्तीले आक्रमण गर्दा समान्य क्षति पुगेको छ । नयाँ बस्तीकै बिक्रम थिङको कुखुरामा फारम तथा कृष्ण बहादुर चेपाङको घरमा पनि जंगली हाक्तिीले आक्रमणको प्रयास गरेका थिए । पर्सा तथा चितवन राष्ट्रीय निकुञ्जबाट जंगली हाक्ति दिनानु दिन मानब बस्ती प्रबेश गरी बिभीन्न भौतिक क्षति गर्न थालै संगै स्थानियहरु त्रसित हुन थालेको छ ।
दिनानु दिन जंगली हाक्ती मानव बस्तीम प्रबेश गरि बिभीन्न किसीमका भौतीक क्षति पुर्याएरहे पनि सम्बन्धित निकायले चासो नदिएको भन्दै स्थानियहरु आक्रोशित भएकाा छन । केही अगाड मात्र मनहरि ७ रमौलीमा ३ ओगली हाक्ति बस्तीम प्रवेश गरि बिभीन्न भौतीक क्षति गरि दिएको थियो ।