काँग्रेससँग कुरा मिलेपछि प्रदेशसभा ३ को बैठक साउन २८ गते बोलाइयो

गुगल पाटी हेटौंडा,२४ साउन
२४ श्रावण २०७५ ०१:५९

नेपाली काँग्रेसको अवरोधका कारण लामो समयदेखि स्थगित रहेको प्रदेशसभा ३ को बैठक आउँदो साउन २८ गते बस्ने भएको छ । गत साउन चार गतेदेखि बैठक स्थगित रहेको थियो ।
बैठकको कार्यसूची तयार पार्न आईतबार कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाइएको समितिका सदस्य छिरिङदोर्जे लामाले बताए । प्रमुख प्रतिपक्षि काँग्रेसले आफ्ना मागहरु पुरा नभएसम्म बैठक चल्न नदिने बताएपछि प्रदेशभसा बैठक अनिश्चितकालको स्थगित भएको थियो ।
सभामुख र उपसभामुखको विषयमा प्रतिनिधिसभामा सहमति भएपछि प्रदेशसभा चलाउन प्रतिपक्ष काँग्रेस सहमत भएको हो । वर्षातका कारण प्रदेशसभा सदस्यहरुलाई जिल्लाबाट हेटौंडा आउन समस्या भएकाले बैठक केही पर सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
अब बस्ने प्रदेशसभा विजेजेसबिहिन बन्नुपर्ने छैन । प्रदेशसभा सचिवालयमा तीन वटा विधयक दर्ता भएका छन् ।